खस भाषाको नागरिक बडापत्र डिजिटल बन्यो,
जुम्ला ः तत्कालिन प्रजिअ दुर्गा बञ्जाडेले २०७६ कार्तिक अन्तीम साताबाट बनाएको खस भाषाको नागरिक अडियो बडा पत्र प्रजिअ भुपेन्द्र थापाको पालामा डिजिटल र अडियो वडा पत्र बनेको छ । समाजिक बिकास कार्यालय जुम्लाको आर्थिक सहयोगमा डिजिटल वडापत्र बनेको हो । जुम्ला प्रशासनमा पुग्ना बितिकै सोह्र वर्ह पुग्ना साहत्तै नागरिकता वुनाइल्लु पड्यो ह्य, तेखा लागि ल्याउनु पड्न्नेया कागजपत्रबारे सुन. भन्ने अडियो सुन्न सकिन्थियो अब आँखाले हेर्न मिल्ने बनाइएको छ ।
यस अघितत्कालिन प्रजिअ बञ्जाडेका पालामा जिल्ला प्रशासन कार्यालयमा पुग्ने सेवाग्राहीले अडियो बडापत्रमार्फत दैनिक खस भाषमा सन्देश सुनिरहेका हुन्थिए । अब जिल्ला प्रशासनले खस भाषाको अडियो बडापत्र डिजिटल बनाएको छ । सेवाग्राहीको दैनिक हुने सेवालाइ सहज बनाउनका लागी डिजिटल वडा पत्र तयार भएको छ ।
डिजिटल बडापत्रले सेवाग्राहीको अन्यौल मात्र मेटेको छैन, कर्मचारीलाई पनि कामकाज गर्न सहज बनाउने बिस्वास गरिएको छ ।प्रजिअ भुपेन्द्र थापाले भने यसअघि स्थानीयलाई सेवा प्रवाहबारे घण्टौं सम्झाउने कर्मचारीलाई अब सहज हुनेछ । उनले भने सबै कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई जनमुखी, सेवामूलक र पारदर्शी बनाउन आबश्यक छ । तर नजमुखी सेवा बनाउन डिजिटल वडापत्रले मात्रै सम्भव देखीन्दै नागरिक मैत्री सेवा प्रभाहा गर्ने हो भने सबैको पाएक पर्ने ठाउमा कार्यालय स्थापना गर्न पनि जरुरी छ । सहज सरल र जनमुखी सेवा दिने उदारणीय बन्नु पर्ने मालपोत कार्यालयको सेवाले नागरिकलाई हरानी पारेको छ । एक घण्टामा हुने काम एहप्ता सम्मा सम्म बस्नु पर्ने बाध्यता छ ।
अपांगता भएका ब्यक्ति र बृद्धबृद्धालाइ पुग्नै समस्या छ भने आर्को तिर इन्टनेट नचल्ने भएकाले एक दिनमा हुने काम हप्तौ लाग्ने गरेको गुनासो बारबार नागरिकले गर्दै आएका छन । मालपोत कार्यालय एउटा उदारण मात्रै हो महिला बिकासर खारेज भएपछि महिला , जेष्ठनागरिक अपांगता भएको ब्यक्तिको क्षेत्रमा काम गर्ने गरी स्थानपना भएको समाजिक बिकास कार्याल पनि पाएको पर्ने ठाउमा नभएको भन्दै जेष्ठनागरिकहरुले गुनासो गरेका छन। उनिहरुले समाजिक बिकास कार्यालयको काम मिल्दो जुल्दो भएकाले महिला तथा बालबालिकाको लागी स्थापना गरिएको साविकको महिला बिकासको कार्यलय हुनु पर्ने बताएका छन।
समाजिक बिकास कार्यालय जुम्लाको अर्थिक सहयोग ,रेडियो कर्णाली एफएम र जिल्ला प्रशासनको समन्वयमा खसभाषाको डिजिटल अडियो वडा पत्र राखीएको छ । प्रमुख जिल्ला अधिकारी थापाले अनुसार कार्यालयमा सेवा लिन आउने निरक्षर, साक्षर दुबै नागरिककोे सुविधाका लागि यो सेवा थप गरिएको हो ।








