जुम्लामा सुत्केरी महिला सहित २४ ले जिते कोरोना
जुम्ला एक सुत्केरी महिला सहित २४ जनाले कोरोना जितेका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका सुत्केरी महिला लगायत २४ जना व्यक्तिले कोरोना जितेर घर फर्किएका हुन । कर्णाली स्वास्थ्य बिद्दान प्रतिष्ठानले परिक्षण गरेकको कोरोना रिपोर्ट निगेटिभ आएपछि उनिहरु घर फर्किएका छन ।सिंजा गाउँपालिका – ४ की ३९ बर्षीया एक महिला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल सुत्केरी भएपछि आमा र बच्चा दुवैमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।
प्रतिष्ठानको आइसोलेसनमा राखेर १४ दिनपछि पुन परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि १८ दिने बच्चा, सुत्केरी आमा सहित २४ जनालाई घर पठाइएको निर्देशक डा. मंगल रावलले बताए । उनका अनुसार आइसोलेसनमा १२ जना रहेका छन् । कोरोना रिपोर्ट नेगेटिभ आएर आइसोलेसनबाट घर फर्किने क्रममा खादा ओडाएर विदाई गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए
कोरोना जितेर घर जितेर घर फर्किएका लाई पनि १४ दिनसम्म होम क्वारेन्टिनमा बस्न चिकित्सकले सुझाएका छन् । यस पटक कोरोना संक्रमणबाट निको हुनेमा सुत्केरी महिला, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरु रहेका छन् । यसअघि पनि भारतबाट आएकाहरुको व्यक्ति व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी गरी २६ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्केका थिए ।








