बैदेशिक रोजगारमा जानेहरुका लागी सहायता कक्ष स्थापना ,

बैदेशीक रोजगारमा जानेहरुको लागी जुम्लामा पहिलो पटक सहायता कक्ष स्थापना भएको छ । जुम्ला जिल्लाबाट रोजगारीको शिलसिलामा बिदेशिनहरुले भोगदै आएको दुख ,कष्ट लाई मध्यनजर गरी समाजिक बिकास कार्यालय बैदेशिक रोजगारमा जानेहरुका सायता कक्ष स्थापना  , को आर्थिक सहयोगमा  प्रशानस कार्यालयमा  सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना गरिएको हो । जुम्लामा संञ्चालन भएको आप्रवासन सहायता कक्षले  जुम्लाबाट  बाहिर  जाने नागरिकलाइ राहत हुने छ ।

प्रशासनमा  स्थापना भएको  सुरक्षित सहायता कक्षले  बैदेशी रोजगारको लागी परामर्श दिने काम गर्ने छ । गैरकानुनी ढंगबाट  बैदेशीक रोजगारीमा जानेहरुको   सचेत गराउने कार्य गर्ने छ ।।समाजिक बिकास कार्यालय जुम्लाको पाँच लाख आर्थिक सहयोग र रेडियोकर्णाली एफएम र जिल्ला प्रशासन कार्यालयको  समन्वयमा   स्थापना भएको सुरक्षित आप्रवासन सहायता कक्षले जुम्लाका नागरिकलाइ बैदेशिक रोजगारमा जादा  सिप सिकेर जानु पर्ने  जस्ता महत्वपुर्ण सुझाव दिने छ ।  पछिल्लो समयमा रोजगारीका लागी  विदेश जानहरुको संख्या दिनप्रतिदिन बढ्दै गएका बेला जुम्लामा स्थापना भएको  सुरक्षित आप्रवासन सहायता कक्षले उनिहरुको लागी पुलको भुकिमा   निभर्हा गर्ने छ ।

कुनै पनि नागरिक बैदेशिक राजगारीमा जादा  उनिहरुले भोग्नु परेको समस्यालाई मध्यनजर गरी यस्तो ब्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए  त्यस्तै समाजिक बिकास अधिकृत बलबिर सुनारले भने,  अरुको लहलैहीमा  लागेर  भिजिट भिसामा  जानेहरुको लागी पनि यसले  सहयोग गर्ने छ ।  उनले भने अब कुनै पनी नागरिकले  बैदेशिक रोजगारीमा जादा  रोजगार बिभागबाट  श्रम स्वीकृती लिएर जानका लागी पनि सुरक्षित आप्रवासन सहायता कक्षले सुल्झाउने छ । बिहिबार एक औपचारी कार्यक्रमका बिच सुरक्षित  आप्रवासन सहायता कक्षको उद्धघाटन गरिएको छ ।  उद्धघाटन कार्यक्रममा जिल्ला स्थित बिषयगत्त कार्यलयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो

सम्बन्धित समाचार