चन्दननाथले ग¥यो पहिलो पटक बालविवाह विरुद्ध‘म बोल्छु अभियान’ सुरु


जुम्ला ःजुम्लाको चन्दननाथ नगरपालिकाले बालविवाह विरुद्ध ‘म बोल्छु अभियान’ सुरु गरेको छ ।युनिसेफको आर्थिक सहयोग र नगरपालिकाको महिला तथा बालवालिका शाखाको आयोजनमा शुक्रबारबाट म बालविवाह बिरुद्ध बोल्छु र हामी बालविवाह बिरुद्ध बोल्छौँ भन्ने मुल नाराका साथ यो अभियान सूरु भएको हो ।


चन्दननाथ नगरपालिकाको एक वडाबाट औपचारिक रुपमा यो अभियान संञ्चालन गरिएको छ । बालविवाहले सामाजिक ,आर्थिक ,शारिरिक रुपमा असर पारेकोले सबै एक जुट भएय लाग्नु पर्ने अबस्था आएको छ ।


नगरपालिकाले बालविवाह विरुद्ध एक जुट भएर लाग्न सबैलाई आव्हान समेत गरेको छ ।यो अभियान संञ्चालनका लागी नगरपालिका ,जिल्ला प्रहरी कार्यालय जुम्ला, नेपाल पत्रकार महासंघ जुम्ला, किडार्क, नेपाल , वल्ड भिजन इन्टर नेश्नल नेपाल ,बालक्लब ,  बाल संञ्जाल महिला अधिकार कर्मीहरुको सहभागीता रहेको चन्दननाथ नगरपालिका महिला शाखाका प्रमुख माया थापा, शाहीले बताइन । उनले भनिन, ‘अब बालविवाह शुन्यमा झार्नुपर्छ । यसका लागी सबै निकाय लाग्नु पर्ने अबस्था आएको छ ।

चन्दननाथ नगरपालिका महिला शाखामा कार्यरक्त बालकल्याण अधिकारी पुस्पा थापाले म बालविवाह बिरुद्ध बोल्छु अभियानको पहिलो दिन नमुना माध्यामिक बिद्यालय खलंगा , न्युभिजन ट्युसन सेन्टर जुम्ला र एक वडाका अभिभावक  र बालवालिकालाई सचेतना दिइएको छ । उनका अनुसार बालविवाह बिरुद्धको यो अभियानको प्रशिक्षकको रुपमा प्रहरी साहयक निरीक्षक बिवेक खनाल ,कर्णाली स्वास्थ्य बिज्ञानका बाट ल्याइएको छ । उनका अनुसार नगरपालिकाका दशै वटा वडा र जिल्लामा संञ्चालित ट्युसन सेन्टरमा अध्यायनको लागी आएका बालवालिकालाई प्रथामिकतामा राखिएको छ ।

त्यस्तै चन्दननाथ नगरपालिका एक वडाका कार्यबाहक वडाध्यक्ष नन्द बहादुर गुरुङले बालविवाह न्यूनीकरणका लागि अभियान सुरु गरिएको र यस अभियानमा हातेमालो गरेर लाग्न सरोकारवालाहरुलाई आग्रह गरे । उनले कुनै एक निकायको पहलले मात्र बालविवाह न्यूनीकरण गर्न सम्भव छैन् । उनका अनुसार अब हामी सबै लाग्नु पर्छ ।

त्यस्तै न्यायिक समितिका सदस्य दयादत्त हमालले बालबालिकाहरुलाई अभियान्ताका रुपमा अघि सार्न उनीहरुलाई नै यो अभियानमा सामेल गराइएको बताए । उनले बालबालिका आफैले बालविवाह न्यूनीकरणका लागि नेतृत्व लिएकाले अभियान प्रभावकारी हुने बताए ।

त्यस्तै बालविवाह गर्ने बालबालिकाको स्वयम् स्वास्थ्य, शिक्षादेखि समग्र जीवन पद्धतिमा प्रत्यक्ष नकरात्मक असर पर्ने भएकाले समाजबाट बालविवाह गर्ने कार्य पूर्णरुपमा अन्त्य गर्ने उद्देश्यका साथ बालबालिकाहरु बाल क्लबमा संगठित हुँदै बालबिबाह बिरुद्धको अभियानमा सक्रिय हुन थालेका छन ।बालविवाह दिन प्रतिदिन भइरहेको भए पनि जुम्ला जिल्लामा बालविवाहको अवस्थाको एकिन तथ्यांक त कसैसँग छैन। यसलाई पूर्ण रुपमा न्यूनिकरण गर्न निकै चुनौती रहेको छ।

सम्बन्धित समाचार