जुम्लामा प्राकतिक स्रोत व्यवस्थापनमा महिला तथा सिमानतकृत समुदायहरूको लागि संवाद कार्यक्रम 


जुम्ला । जुम्लाको गुठीचौरगाउँपालिकामा प्राकृतिक स्रोत व्यवस्थापनमा महिला तथा सिमानतकृत समुदायहरूको मुद्दाहरू सम्बोधन गर्न बहु–सरोकारवालाहरूलाई एक दिने सँग संवाद कार्यक्रम षौष २ गते साेमवार सम्पन्नभएको छ । कार्यक्रमा गुठीचौर गाउँपालिकाको आयोजना तथा USAID जलजंगल परियोजनाको सहजीकरणका लागि जैविक विविधता संरक्षणमा महिला, दलित, जनजाति तथा सिमान्तकृत वर्गहरुको पहुंच, नियन्त्रण, लाभ बाँडफाड, जलवायु परिवर्तनको प्रभाव र जिविकोपार्जनको अवस्था लगाएतका विषयमा छलफल हुनुका साथै प्राकतिक स्रोत व्यवस्थापनमाका १५ वटा सवालहरु पहिचान गरि प्राथमिकीरण समेत गरिएको थियो ।

त्यस्तै  कार्यक्रममा  गाउँपालिकाका उपाध्यक्ष शान्तीकुमारी मल्ल भण्डारीले आफ्नो पालिका प्राकृतिक रुपले जुम्ला जिल्लाकै धनी पालिका भएकाे  बताईन ।उनले भनिन, यसलाई थप संरक्षण गर्ने र  उचित सदुयोगको लागि सराेकारवाला संग आवश्यक हातेमालो गरि अगाडी बढ्न आबश्यक छ । त्यस्तै कार्यक्रममा बाेल्दै  डिभिजन बन कार्यलयका ईन्चार्ज हिरालाल नेपालीले गुठीचाैर गाउँपालिका अन्तर्गत २२ सामुदायिक बन रहेको बताए ।उनले भने, धेरै जसो सामुदायिक बनमा महिलाहरुले नेतृत्व गरिरहेका छन ।

त्यस्तै  USAID जलजंगल परियोजनाको बारेमा वरिष्ठ कार्यक्रम अधिकृत विनोद कुमार शाहीले प्रस्तुतीरण गरेका थिए। उनले कार्यक्रममा USAID जलजंगल परियोजनाका वरिष्ठ लैङ्गिक समानता तथा सामाजिक समावेशी अधिकृत शारदन शेर्पा ले नेपालमा सहभागिताको लैङ्गिक समानता तथा सामजिक समावेशिताका सवालहरुमा प्रस्तुतीकरण गरेका हुन । कार्यक्रममा महिला तथा सिमान्तकृत वर्गहरुको सवाललाई पहिचान गर्न ३ वटा समुहमा छलफल गरिएको थियो ।

त्यस्तै बन क्षेत्रको व्यवस्थापन, मानव र वन्यजन्तु बीचको द्वन्द व्यवस्थापन, वातावरणमैत्री उत्पादन, जलस्रोत, जलवायु परिवर्तन लगाएतका विषयमा चर्चापरिर्चा गरिएकाे थियो ।
साे कार्यक्रममा गाउँपालिकाका वडा नं ३ का अध्यक्ष ईन्द्र बुढाले जल, जंगल र प्राकृतिक स्रोत व्यवस्थापन गर्ने क्रममा केही कानुनी जटिलता देखिए पनिवातावरण संसक्षण र रोजगार सिर्जनामा पालिकाले निरन्तर काम गरिरहेको बताए ।

त्यस्तै सहभागीकाे तर्फबाट बाेल्दै मनिसा बुढाले आगामीदिनमा सामुदायिक बनमा जल र जंगल प्राणीजातीको जीवनभएकाले प्राकृतिक स्रोत साधनको जथाभावी प्रयोग गर्न कसैले नहुने बताईन ।

कार्यक्रमा प्राकतिक स्रोत व्यवस्थापनमा महिला तथा सिमानतकृत समुदायहरूको सवालहरु पहिचान गर्दै समानका लागी कार्य योजना निर्माण गर्दै सम्पन्न गरिएको छ।

साथै USAID जलजंगल परियोजना का टोली ले भु तथा जलाधार व्यवस्थपन कार्यलायर डिभिजन वन कार्यलयसंग वन तथा जलाधार संरक्षण समेत थप के गर्न सकिन्छ भनि छलफल गर्नुका साथै आगामी दिनमा सहकार्य गर्दै भु तथा जलाधार व्यवस्थापन कार्य गर्ने भनि छलफल भएको परियोजनाको बारेमा वरिष्ठ कार्यक्रम अधिकृत विनोद कुमार शाहीले जनाकारी दिए ।

सम्बन्धित समाचार