जुम्ला : नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको तिन वर्ष भित्र कर्णाली उज्यालो गर्ने योजना रहेको बताए ।उनका अनुसार जुम्ला सहित कर्णाली उज्यालो गर्ने योजनामा नेपाल विधुत प्राधिकरण लागेको छ ।
नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सहितको टोलीले कर्णालीमा विधुत क्षेत्रको स्थालगत अनुगमनमा आएको बताए । जुम्ला उज्यालो गर्ने कुरामा यहाका सरोकारवाला, विच अन्तरक्रिया गरिएको छ ।
जुम्ला पुगेका कार्यकारी निर्देशक घिसिङले कोहलपुर सुर्खेत, दैलेख, कालिकोट हुदै जुम्ला सम्मको १३२ केभी क्षमताको विधुत प्रशारण लाईन अगाडि बढाउन शुरु भएको छ ।उनले भने,‘ विशेषगरी जुम्ला आउने छोटो मार्गबाट कसरी टान्समिसन लाईन छिटो पुरयाउने भन्ने बिषयमा जोड दिईएको छ ।
अहिले जुम्लामा कालिकोट बाटजोडिएको ३३ केभीबाट ११ केभीलाईन जोडिएको तर यसको सेवा प्रभावकारी छैन ।अवस्थामा अव जुम्ला पुरयाउन छोटो बाटो दैलेख बाट १३२ केभीलाईननै कर्णालीलाई उज्यालो अभियानमा जोड सकिने ।
त्यस्तै जुम्लामा घिसिङ सहित वैकल्पिक उर्जाका प्रवन्धक नारायण अधिकारीले दातृ निकाय एडिविका पुस्कर मानन्धर, नर्वेजिय राजदुतावासका प्रतिनिधि, नेपाल विधुत प्राधिकरण कर्णालीका प्रमुख सहितको टोली जुम्ला पुगेर जनप्रतिनिधि र सरोकारवाला निकायको विचमा अन्तरक्रिया समेत गरेको छ ।
उनका उनका अनुसार कर्णाली उर्जा ईकोनोमिक करिडोर बन्ने योजनाका साथ १३२ केभीयहाँको भविश्य सँग जोडिएको बिषय अगाडि बढाउने योजनाभएको बताए ।अन्तरक्रियामा कार्यकारी निर्देशक घिसिङले यस क्षेत्रमाविधुतले उज्यालो बनाउने मात्रै नभई यहाँको आर्थिक समृद्धिमा सघाउ पुग्ने बताए । जुम्लामा विधुतले सिँचाई, स्याउ सहितका कृषि वस्तुमा जोड दिन सघाउने बिश्वास ब्यक्त गरेका छन ।
विधुत विस्तार गर्ने राज्यले दायित्वको रुपमा लिएको छ । सरासर काम भएमा २,३ बर्षमा दैलेख देखी जुम्ला विधुतपुग्ने अपेक्षा रहेको छ । विधुतले खाद्य सुरक्षामा समेत सहयोग पुग्ने भएकाले यसलाई छिटोछरितो पुगाउनका लागी सबैको सहयोग आबश्यक छ ।
अहिलेको अबस्थामा जुम्लामा ५० प्रतिशत विजुली पुगेकोको बताईएको छ । जुम्लाबाट फुकोट कर्णालीको ४०० मेघावाटको बिषय पनि जोड्ने योजना रहेको छ ।प्राधिकरणका अनुसार दैलेख पछि कालिकोटको राचुली, जुम्लाको श्रीढुस्कामा सवस्टेशन स्थापनागरि सेवा प्रवाह गरिने छ ।
यसका साथै जुम्लाको चुकेनी, गिरी खोला, ठिन्के लगायतका साना हाइड्रो पावर पनि एकिकृत गरिने गरिने छ । अहिले जम्मा कर्णाली प्रदेशमा १०,११ मेघावाट विधुतआवश्यक छ तर १३२ पुगिसकेपछि यहाको लागी त्यो बिधुत प्रयाप्त्त मात्रामा पुग्ने देखिन्छ ।