जुम्लामा कुमारी बैंकको शाखा बिस्तार


जुम्ला ःजुम्लामा कुमारी बैंकको शाखा बिस्तार भएको छ ।जुम्लामा ३०९औँ शाखाको रुपमा विस्तार भएको हो । जुम्लाका नागरिकलाई बैंकिङ सेवाको पहुँचमा पु¥याउनका लागी स्थापना भएको कुमारी बैंकका प्रदेशिक प्रमुख चेत बहादुर बञ्जाडेले बताए ।उनले भने,यस बैंकले नागरिकको जिवन स्तर माथी उकास्नका लागी बिषेश प्याकेज ल्याएको बताए ।उनका अनुसार कुमारी बैंकले नागरिकलाई आर्थिक रुपमा मात्रै नभइ दैनिकी परिबर्तनका क्षेत्रमा लागानी गर्ने बताए ।


त्यस्तै संविधान सभा सदस्य तथा बैंकका पूर्वसञ्चालक सदस्य ललितजंग शाहीले कुमारी बैंकले नागरिकलाई दिने सेवा फरक तरिकाको हुनु पर्ने बताए ।उनले भने नागरिकमुखी सेवा कुनै पनि बैंकले दिन सकेका छैनन । बैंकको आर्थिक भारका कारण धेरै नागरिकको घर गग्गा लिलाम भएका छन । उनका अनुसार सबै भन्दा पुरानो कुमारी बैंकले नागरिकको आर्यआर्जन बढाउने खालका सेवा दिन आग्रह गरे ।


त्यस्तै चन्दननाथ नागरपालिकाका मेयर राजु सिहं कठायतले जुम्लामा पछ्रिल्लो समयमा निजी बैंकहरुको संख्या बढेको बताए । उनले भने, बैंकका कर्मचारीले गर्ने नागरिकलाई सेवा दिदा गर्ने ब्यवाहार सुर्धानु पर्ने आबश्यक छ । उनले नगरपालिकाको तर्फबाट गर्ने समन्वय सहकार्यको लागी सधै भरी तयार रहेको बताए ।


त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बैंकले नागरिकले गरेको लगानीको सुरक्षा गर्नु पर्ने बताए । उनले बैंकहरु कुमाउ मुखी नभइ सेवा मुखीको भाव राख्नु पर्ने बताए । उनले कुमारी बैंक शाखा लाई सफलताको शुभकामाना समेत ब्यक्त गरेका छन ।


त्यस्तै कुमारी बैंक शाखा जुम्लाका प्रबन्धक बिष्णु कँडेलले जुम्लाका नागरिकका लागी बिषेश सेवा दिन उद्देश्यले सथापना भएको बताए । उनले नागरिकको दैनिक जिवनमा आइपर्ने जोखीमलाई मध्यनजर गरी बिमाको प्याकेज रहेको बताए । उनले भने, कुमारी बैंक नाफामुखी नाभइ केही सेवा सामाजिक क्षेत्रमा काम गर्ने बताए । त्यस्तै जुम्लामा सोमबार औपचारिक रुपमा आफ्नो शाखा बिस्तार भएको कुमारी बैंकले अत्याधुनिक बैंकिङ सुविधा दिनुका साथै ब्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता समेत गरेको छ ।

सम्बन्धित समाचार