भुकम्प पीडितको लागी सांसद लामाले दिइन् एक लाख ११ हजार रुपैया नगद
जुम्ला ः जुम्लाका प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङ भुकम्प प्रभावितको सारथी बनेकी छन । उनले जाजरकोट र रुकुमका भुकम्प पिडितको घाउमा मलम पट्टी लगाउनकै लागी नगत दिने देखि राहत संकलनमा लागेकी हुन । उनले आफ्नो ब्यत्तिगत एक लाख ११ हजार रुपैया नगद दिएकी छन । सांसद लामाले भुकम्पले प्रभावित भएका नागरिकको लागी सानो सानो सहयोगले उपचार, राहात, पुनस्र्थापनाका लागि सहयोग पुग्ने यसको लागी जुटेको बताईन । उनले व्यक्तिगत रुपमा नगद रकम एक लाख ११ हजार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश पार्टीले थालेको विपद कोषमा जम्मा गरिएको बताइन ।
४ लाख बढीका लत्ता कपडा सहयोग
सांसद लामाले नगद मात्रै नभई भुकम्प पिडितलाइ आबश्यक पर्ने लत्ता कपडा समेत पहल गरी पठाएकी छन । उनले भनिन, डब्ल साइजको फाइबर शिरक १९० वटा पठाइएको छ । त्यस्तै भूकम्प पिडित नागरिकका लागि शरिरमा लगाउने १२० पिस कपडा पठाइएको छ । सांसद लामाले त्यो लत्ताकपडा आफ्नो पहलमा शुभचिन्तकहरुबाट संकलन पठाएकी हुन । उनले भनिन,‘ करिब साढे चार लाख वरावरका लत्ता कपडा, पठाएको हो ।
सांसद लामाका अनुसार पहिलो चरण र दोस्रो चरणमा गरी १९० वटा डवल साईजको शिरक, १२० पिस कपडा भुकम्प प्रभावित क्षेत्रमा पठाईएको छ। त्यस्तै नेकपा माओवादी केन्द्रको भातृ गठन अखिल नेपाल क्रान्तिकारी केन्द्रीय समिति मार्फत वितरण गर्न हस्तान्तरण गरेर प्रभावित क्षेत्रमा पठाइएको छ । सांसद लामाले अखिल नेपाल क्रान्तिकारी मार्फत भुकम्प प्रभावितलाई सहयोगमा खटिने स्वयमसेवकलाई समेत २५ हजार दिइएको छ ।