जुम्ला प्रतिष्ठानको टोलि भुकम्प प्रभावित क्षेत्रमा

जुम्ला ः कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको टोली भुकम्प प्रभावित क्षेत्रमा गएको छ ।प्रतिष्ठानका उपकुलपती डा. मंगल रावल को नेतृत्वमा जाजारकोट लगायत भुकम्प प्रभावित क्षेत्रमा गएको हो । जुम्ला प्रतिष्ठानबाट ८जना स्वास्थ्यकर्मिको टोलि भुकम्प प्रभावित जिल्ला जाजारकोट, रुकुम पश्चिम लगायत जिल्लामा सेवा दिनेगरी खटाइएको प्रतिस्ठानका उपकुलपती डा. मंगल रावलले बताए । उनका अनुसार ४ जना यस अघिनै जाजरकोटमा पुगेर घाइतेहरुको उपचार गर्न थालेका छन । उनले भने,हाम्रो आर्को ४ जनाको टोली आइतबार पुग्ने छ ।

जाजारको केन्द्र बिन्दु भएको भुकम्पका कारण शोकग्रस्त बनेको छ । स्वास्थ्यकर्मिको टोलि भुकम्प प्रभावित जिल्ला जाजारकोट, रुकुम पश्चिम लगायत जिल्लामा सेवा दिनेगरी खटाइएको हो ।
त्यस्तै शुक्रबार राती आएको ६.४ रेक्टर स्केल को भुक्मपका कारण धन जनको ठूलो क्षेती भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले बताए । उनका अनुसार जाजारकोटमा भुकम्पका कारण अहिले सम्म ९७ जनाको मृत्यु भएको छ ।घाइतेहरुको तथ्याङ्क एकित गर्न सकिएको छैन उद्धारको कार्या जारी रहेको जाजरकोटका प्रमुख जिल्लत्यतिनै शंख्यामा घाइते भएका खबर आइरहेका छन ।

 

सम्बन्धित समाचार