जुुम्ला : २०८०÷०७÷१७ गतेको २३ः४८ बजेको समयमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामिडाडा लाई केन्द्र बिन्दु बनाएर ६ .४ म्याग्निच्युटको भुकम्प जुम्ला जिल्लामामा पनि केही क्षेती भएको छ । तातोपानी गाउँपालिका ३ बाहुनवाडा निवासी २६ कि सिर्जना गौतमको हातमा सामान्य चोट र उनको छोरा बर्ष ११ महिनाको आयुष गौतमको अँखामा चोट लागेर सामान्य घाइते भएका छन । त्यस्तै तातोपानी तिन कै बर्ष १४ को निराजन उपाध्यायको हातमा चोट लागेको छ ।
त्यस्तै तिलागाउँ पालिका ३ दानीवाडा निवासी बर्ष ११ कि सपना थापा सामान्य चोट लागेको जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।घरहरु भत्तिएको तथा चर्किएको बिषयमा प्रहरीले तथ्याङ्क संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक याम बहादुर बुढा मगरले बताए ।उनका अनुसार तातोपानी ४का हरि बहादुर खत्री को सुतेको बेला घरको पर्खाल खस्दा निज भाग्न खोज्दा खुट्टामा चोट लागेको छ । त्यस्तै तिला गा पा वडा न ३,५ र ९ रहेका केही घरहरु तथा बिद्यालयहरु चर्केका छन ।
त्यस्तै चन्दननाथ न पा ८ निवासी बर्ष ४६ को बिष्णु महत को तीन तले टिनले छाएको घरको एउटा कोठा भत्किएको र अरु कोठा चर्किएको छ । अरु घाइतेहरुको अबस्था सामान्य भएको हुदा घरमै प्रथामिक उपचार गरिएको र १३ महिनाको आयुस गौतमको गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार सबैगाउ घरहरु चर्किएको खवरहरु आएको छन । जुम्ला जिल्ला भरीको एकति विवरणको लागी बुझ्ने काम भइरहेको छ ।