आठ बर्ष पछि सिंजाको ईलाका प्रशासनमा अधिकृत

जुम्ला ः ईलाका प्रशासन कार्यालय नराकोट सिँजाले आठ वर्षपछि अधिकृत पाएको छ । ईलाका प्रशासनकार्यालय नराकोटमा अधिकृत रेश्मा बुढालाई खटाईएको गृहमन्त्रालयले खटाएको हो।गृहमन्त्रालयका सुचनाअधिकारी उमाकान्त अधिकारीका अनुसार शाखा अधिकृत रेश्मा बुढाक्षेत्री ईलाका प्रशासन कार्यालयमा खटिनु हुने भएको छ ।

उनले भने,‘ईलाका प्रशासन कार्यालय सिंजा नराकोट जुम्लाका लागि तत्काल नागरिकता लगायत अत्यावश्यक सेवा प्रवाह सुचारु गर्न यहि कात्तिक १५ गते देखी गृह मन्त्रालय, सिंहदरवार काठमाडौंमा कार्यरत शाखाअधिकृत रेश्मा बुढा क्षेत्रीलाई पठाइएको छ। त्यो क्षेत्रका सेवाग्राहीले आवश्यककागजात सहितका ईलाका प्रशासन कार्यालय, नराकोटमा जानका लागी अनुरोध गरिएको छ ।

त्यस्तै अधिकृत स्तरको दरवन्दी भएको ईलाका प्रशासन कार्यालय नराकोटमा अधिकृत नआउदा नायब सुब्बालाई कामुबनाएर सिँजा क्षेत्रबाट नागरिकता वितरण गरिदै आएको थियो । करिब २ महिना अघि नायव सुब्बा सुतबहादुर गिरीको अवधि सकिएपछि सिँजाबाट नागरिकता बितरण प्रभावित भएको थियो । सिँजामा आधिकारिक कर्मचारी नहुदा नागरिकता हस्ताक्षर गर्न नागरिक सदरमुकाममा आउनु पर्ने वाध्यता थियो । चाडपर्व पछि झनै सेवाग्राही बढेका भएपनिकर्मचारी नहुदा हैरानभएको थियो ।
ईलाका प्रशासन कार्यालयमा खटिएका अधिकृत रेश्मा बुढाले मन्त्रालयले आफुलाई सिँजामाखटाएको छ, अवआएर सेवागर्ने बताईन । सरकारले पटक पटक अधिकृत खटाउन प्रयास गरेपनि अधिकृत त्यहाँ जानमानेका थिएनन् । ईलाका प्रशासनकायालय सिंजा नराकोटमा अधिकृत स्तरको दरवन्दी छ, तर सरकारले पठाउन सकेको छैन् ।

यस अघि पनि स्थानीय सुमन धिताल अधिकृत स्तरको कर्मचारी पहिलो पटक त्यहाँगएर सेवा लिएका थिए । उनी २०७३ कात्तिकमा सरुवाभएर गए । त्यस पछि हालसम्म सरकारले अधिकृत स्तरको कर्मचारी पठाउन सकेको थिएन । अधिकृत स्तरको कर्मचारी नहुदा ५ बर्ष अनुभवभएकानायव सुब्बालाई खटाउने व्यवस्था थियो । त्यही अनुासर कामकाग हुदै आएको थियो ।

सम्बन्धित समाचार