तिला ३ को अस्पताल निर्माणमा खड्का परिवारको कुनै संलग्नता छैन :उपमेयर खड्का


जुम्ला ः चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले तिलागाउँपालिका ३ मा निर्माणधिन अबस्थामा रहेको अस्पतालको बारेमा खड्का परिवारको बारेका कुप्रचार गरिएको बताईन । यस अघि तिला गाउँपालिका तिनमा दश शैयाको अस्पताल निमार्णमा उपमेर राख देवी खड्का र उनका श्रीमान चन्द्र खड्काको नाम जोडेर खवर बुलेटिन नामक सामाजिक संञ्चालको पेजबाट भिडियो आएको थियो। त्यो भिडियो आफुलाई अभियान्ता भनेर चिनाउने तिला ४ नुवाकोटका नन्दराज उपाध्याय हुन । उनले त्यो भिडियोमा खड्का परिवारको नाम जोडेर राजनितिक आडमा दश करोड भ्रष्टचार गरेको आरोप लगाएका थिए । उपमेयर खड्काले सामाजिक सञ्जालमा आफ्नो पद र परिवार जोडेर अनर्गल प्रचार गरिएको भन्दै पत्रकार सम्मेलन मार्फत खण्डन गरेकी छन ।

त्यस्तै पत्रकार सम्मेलनमा तिलागाउँपालिकाका अध्यक्ष मोतीलाल रोकाया, निवर्तमान अध्यक्ष रतन नाथ यौगी, त्यो अस्पतापतालको साइड हेरिरहनु भएका प्राविधिक धन प्रसाद चौलागाई लागायतका सम्बन्धीत ब्यत्तीले सामाजिक संञ्जालमा आएको भ्रमपुर्ण भिडियोको खण्डन गरेका छन ।

त्यस्तै तिलागाउँपालिकाका प्राविधिक धन प्रसाद चौलागाईका अनुसार यो अस्पताल डिपीआर गर्दा केहि समस्या भएको बताए । उनले भने,‘तराई र जुम्लामा बन्ने अस्पतालको  लागत एउटै राख्दा ठेकेदारले काम गरे अनुसार पैसा नपाएको बताए । उनले भने,‘भ्याट सहित एक करोड ७० लाख भुत्तानी भएको छ । उनका अनुसार योअस्पताल निर्माणको योजना पहिलेनै अख्तियारमा परेको छ । उनले भने,‘एउटा तिस बाई १५ मिटरको भवन हो, भने, अर्को ५० बाई ३० मिटरको भवन हो । उनले भने एउटा बनिसकेको छ ।एक बन्न बाँकी छ । भिडियोमा आएको कमिशन खाएको भन्ने कुरा गलत भएको दाबी गरे ।
त्यस्तै त्यो ठेक्का थानि, कमल जिप ,खडकाजेवि निर्माण कम्पनीले लिएको हो ।त्यसको प्रतिनिधि जिवन रोकाया रहेका छन । ठेकेदर रोकायाले भ्याट सहित एक करोड ७० लाख भुत्तानी लिएको पाईएको छ । ठेकेदार राेकायाका अनुसार बनाउनु पर्ने दुई वटा एक तलाका भवन हुन । जग्जा उपलब्ध नभएकाले ढिलासुस्ती भएको छ ।

जग्जाको समस्या समाधानको लागी पालिकामा धेरै पटक लिखित रुपमै पत्र पाठएको थिएँ । तर अहिले सम्मा पालिका र त्यहाका सरोकारवाला ब्यत्तीले जग्गाको निर्कोल गरेका छैनन यसकारण भवन बनाउन ढिलाभएको हो । ठेकेदार रोकायाका अनुसार यस्तो भ्रम पुर्ण कुरा सामाजिक संञ्जालमा ल्याएर चरित्र हत्या गर्नेको बिरुद्ध कानुनी प्रक्रियामा जाने फोन मार्फत पत्रकारलाई जानकारी गराएका छन ।

त्यस्तै तिलाका निबर्तमान अध्यक्ष रतन नाथयौगीले आफ्नो कार्याकालमा दश शैयाको अस्पातल शिलान्यास गरेको बताए । उनले भने,यसको कसैले भ्रष्टचार गरेको छैन । तेतिवेला त्यहाका नागरिकले जग्गा दिने भनेर सम्झौता भएको हो । सम्झौता पालिकाका प्रमुख प्रसासकिय अधिकृतले गर्ने हो काम ठेकेदारले गर्ने हो ।अरु पालिकामा बन्ने भनिएपनि अझै सूरु भएको छैन । तर तिलाले कुडारीमा बनाउने निणर्य गरेको हो। यो अस्पताल निमार्णमा खड्का परिवारको कुनै संलग्नता छैन । उनले भने ,यसमा कसैले कमिसन खाने भन्ने पनि हुदैन यो गलत प्रचार हो । समाजमा यस्तो भ्रम छर्नेकाम गर्नु राम्रो  पक्ष  होईन । फाइदा आएपछि ठेकेदारकाे हाे  घाटा आएपनि ठेकेदारकै हो । उनले थपे, यस्ता गलत कुराबाट सबै नागरिकलाई सचेत हुन आग्रह गरे। उनले एउटा तिलाको जिम्मेवारी ब्यत्तिको हिसावले अस्पताल छिटो निर्मार्णको लागी आबश्यक पहल गर्ने प्रतिबद्धता गरे ।

त्यस्तै तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले अस्पताल निमार्णको काम ढिला हुनमा जग्गाको बिषय मुख्य रहेको बताए । उनले सामाजिक संञ्जालमा आएको कुरा भ्रमक हो । उनले भने,ठेकेदारले पालिकालाई साइट उपलब्ध गाराइ दिनुहुन भनेर पत्रकाटेका थिए । तर अहिले सम्म जग्गाको कुरा मिलेको छैन ।

त्यहा जग्गा परेका नागरिकले कि जागृरे बनाइदिनु पर्ने  कित जग्गाको  पैसा दिन भने पछि समस्या आएको हो । यो भिडियोमा आएको सबै कुरा निराधारछ । यसका कुनै सत्यता छैन । अभियान्ताका नाममा गलत सन्देश  दिने  काम  गरिएकाे प्रति पालिका परिवार आपत्ति प्रकट गर्दछ ।

त्यस्तै खड्का परिवारले आफ्नु बारेमा  गलत प्रचार गरी चरित्र हत्या गरेको  प्रति घोर आपती रहेको बताएका छन । उनीहरुले भिडियो पोस्ट गर्ने बिरुद्ध किटानी जाहेरी समेत दिइएका छन ।

त्यस्तै खवर बुलेटिन नामक सामाजिक संञ्चालको पेजबाट भिडियो अहिले हटाइएको छ । त्यो भिडियो तिला ४ नुवाकोटका नन्दराज उपाध्यायले आफै हटाएका छन । उनले भने,‘आफुले राम्रोसंग अध्यायन नगरी खड्का परिवारको चरित्रहत्या भएको भन्दै पुन उनीहरुबाट माफी मागेको भिडियो त्यही अपलोड गर्ने प्रतिबद्धता सहित पहिलेको भिडियो हटाएका हुन । तिला गाउँपालिका तिनमा दश शैयाको अस्पताल निमार्ण दश कारोड भ्रष्टचार भयो भनि सामाजिक संञ्जालमा आएको कुरा निराधार भएको पुष्टि पत्रकार सम्मेलन मार्फत गरिएको छ ।

 

सम्बन्धित समाचार