पत्रकार महासंघ शाखा जुम्लाको कार्यालयमा तोडफोड

जुम्ला ः नेपाल पत्रकार महासंघ शाखा जुम्लाको कार्यालयमा तोडफोट गरिएको छ । बिहिबार प्रेस चौतारीमा आबद्ध केही अराजक ब्यक्तिहरुले कार्यालय तोडफोड गरेका हुन । यस घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
त्यस्तै महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ जुम्ला शाखाको नया सदस्यता र नविकरणको बिषयलाई लिएर नेपाल पत्रकार महासंघ शाखा जुम्लामा तालावन्दीगर्ने निहुँमा रेडियो कर्णाली एफएम जुम्लाका नौरते नेपाली, जुम्ला वहुमुखीक्याम्पसका सहायक सरको रुपमा कार्यारत्त ब्यवस्थापन शंकायका शिक्षक रहेश महेश नेपाली, कर्णाली वोडिङ्ग स्कुलमा कार्यरत शिक्षक अमरनाथ योगीको निर्देशनमा कर्णाली एफएममा कार्यरत कालिवहादुर परियारले हथौडा प्रयोग गरी प्रहरीकै अगाडि महासंघको झ्यालतोडफोड गरिएको छ। साथै महासंघका कर्मचारी देवीप्रसाद सिम्खाडालाई लछारपछार गरी दुव्यवहार विषयको घोरभत्सर्ना गर्दछौ ।

अध्यक्ष शाहीका अनुसार महासंघ तोडफोड र कर्मचारी माथी दुव्यवहार गरिएको बिषयमा महासंघ जुम्ला शाखाको गम्भिर ध्यानाकर्षण भएको छ । सदस्यताको निहुँमाभौतिक आक्रमण गर्ने र साम्प्रदायिक घटना निम्त्या उनप्रयास गर्ने जो सुकैलाई पनि छिटो भन्दा छिटो कारवाहीगर्न सम्वन्धित निकायलाई हार्दिक अपिल सहितध्यनाकर्षण गराउदछौ ।

उनले भने,यसका साथै नेपाल पत्रकार महासंघ शाखा जुम्लाको नयाँ सदस्यता र नविकरणका विषयमा २०८० साल जेठ २५ गतेनै अघिल्लो पटकको १०३ जनालाई शुद्धिकरण गरेर ३४ जनानविकरण र ८ जनानयाँ सदस्यतागरि ४२ जनाको नयाँ सदस्यको नामजिल्लाको सर्वसम्मत वैठकले सिफारिस गरेको छ र जिल्ला शाखा सोही निर्णयमा अडान भएको र त्यो भन्दा माथी प्रदेश र केन्द्रको निर्णयमा जिल्ला शाखाको जिम्मेवारी नभएको आम पत्रकार र समुदायमा प्रष्ट्याउदछौ ।

उल्टैमहासंघको कार्यालय तोडफोड गरिएको छ । प्रहरीले कार्यालय तोडफोड हुन नदिनका लागी सुरक्षा दिदै गरेको अवस्थामा उल्टै प्रहरीले एक दर्जन पत्रकारलाई गिप्तार गरेको भन्दै केही मिडियामा र सामाजिक संञ्जालमा भ्रम फैलाईको छ ।
त्यस्तै कर्णालीप्रदशमै व्यापक शुद्धिकरण गरि जुम्लाले सदस्यता पठाएपछि महासंघलाई जहिले पनि विरोधी आँखाले हेरी भ्रम फैलाउदै गएको अराजकता प्रतिमहासंघ गम्भिर भएको छ ।

अध्यक्ष शाहीले कुनै पनि समस्या वार्ता सम्वादबाट आफ्नो अधिकारमा रहि टुङ्ग्याउने विषय हो । तर यसको अवसरनै नदिई महासंघका अध्यक्ष सहितको नेतृत्वलाई आक्रमण गर्ने शैलिमा गरिएको घटना निन्दनीय छ । उत्पन्न परिस्थितिको सवालमा महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, उपाध्यक्ष्  दिलमाया शाही सहितको कार्यसमितिको टिम माथी कुनै पनि घटना घटेमा यसको जिम्मेवारी माथिको विज्ञेप्तिमा उल्लेखित भएका व्यक्तिहरु जिम्मेवार हुने समेत सवैमा जानकारी गराउदछौ ।

 

 

 

 

सम्बन्धित समाचार