काठमाडौं । बुधबारदेखि सुर्खेतमा जारी नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट प्रदेश अध्यक्षमा सल्यानका गुलावजंग शाह निर्वाचित भएका छन् ।
एमाले पोलिटब्युरो सदस्यसमेत रहेका शाह ३६९ मतका ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी कालीकोटका मीनबहादुर शाही पराजित भए । शाहीले २०७ मत पाए । अध्यक्षका अर्का प्रत्यासी प्रकाश रोकायाले ४ मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्षमा जुम्लाका टेकराज पछाई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जाजजरकोटका लालबहादुर महतारा र मुगुका दानसिं परियार पराजित भए । यस्तै सचिवमा सुर्खेतका ध्रुवकुमार शाही विजयी हुँदा दैलेखका रुद्रबहादुर शाही पराजित भए ।
अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत नेतृत्व चयन गर्न चाहन्थे । महासचिव शंकर पोखरेल मीनबहादुर शाहीलाई अध्यक्ष बनाउन चाहन्थे । तर, कर्णालीका २१ मध्ये अधिकांश केन्द्रीय सदस्य र १० मध्ये ८ जिल्ला अध्यक्षसँगको छलफलपछि भने उनी फेरिए । उनले शाहीलाई माहौल बनाउन नसकेको भन्दै उपाध्यक्ष वा सचिव बसेर सर्वसम्मत नेतृत्व चयन गर्न सल्लाह दिएर काठमाडौं फर्किएका थिए ।