जुम्लाका जेष्ठ नागरिक यातायात सेवाबाट बञ्चित


जुम्ला ः जेष्ठ नागरिकले आरक्षण सहितको छुट यातायात सेवा नपाउने गरेको बताएका छन । उनीहरुले जुम्लामा संञ्चालित यातायातहरुले जेष्ठ नागरिकलाई सिट नछुट्टयाएको भन्दै पटक पटक गुनासो गर्दै आएका हुन । जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आर्चायको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको बैठकमा नेपालको संविधानले व्यवस्था गरेका ज्येष्ठ नागरिकका हकहित र अधिकार कार्यान्वयन हुन नसको जेष्ठनागरिक संघका सचिब तुलाराम न्यौपानेले बताए ।

उनका अनुसार शौचालमा हाल्ने पानी छैन । धारामा पानी नभएको महिनौ भइसकेको छन ।पटकपटक खानेपानीलाई अनुरोध गर्दा पनी बनाउन आइदिएका छैनन ्। उनले भने कुनै कार्यालयमा गुनासो लिएर जादा सम्बोधन हुने गरेको छैन ।जुम्लाको कुनै पनी यातायातमा जेष्ठनागरिक सिट भनेर छुट्याईएको छैन ।उनका अनुसार आरक्षण सिटसहितको यातायात सेवामा छुट,नहुदा यातायात सेवा बाट जेष्ठ नागरिकलाई बञ्चित गर्ने गरिएको उनले बताए ।उनले भने,’ यातायातमा ५० प्रतिशत छुट, हुने ब्यवस्था भएपनी ज्येष्ठ नागरिकका अधिकार कुण्ठित भएका छन् ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले ज्येष्ठ नागरिकका हक अधिकार, सबैको साझा भएको बताए । उनले भने संविधानमै ब्यवस्था गरेको जेष्ठ नागरिकको अधिकार कार्यन्वयन गर्नका लागी सबैको सहयोग आबश्यक रहेको छ । प्रजिअ घिमिरेले भने ,सबै सवारी साधनमा टिकट र भाडादर टाँस्ने ब्यवस्था गरेकाले कुनै पनि यात्रुले आफु नठगिनका लागी टिकट अनबिार्य माग्न अनुरोध गरेका छन।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आर्चायले जेष्ठ नागरिकका लागि संविधान प्रदत्त अधिकार कार्यान्वयन हुने विषयमा सवै जिम्मेवार हुनु पर्ने बताए । उनका अनुसार जेष्ठ नागरिकका लागि राज्य जिम्मेवार हुनु पर्ने कर्तव्य छदै छ । तर आफ्ना जेष्ठ नागरिक आमा बाबुप्रति छोरा छोरी पनि त्यतिकै जिम्मेवार हुनु पर्ने देखिएको छ । उनले भने,यस अघि प्रशासनका बसेको बैठकले तोके अनुसारको यातायातको भाडादर कायम गर्न अनुरोध गरे । उनका अनुसार महिला सिट ,अपांगता भएको ब्यक्तिको सिट र जेष्ठ नागरिक सिट अनिबार्य कायान्वय गर्न निणर्य समेत भएको छ ।

सम्बन्धित समाचार