जुम्ला ः जुम्लामा गणतन्त्रवादी पक्षधरहरुले सांसद ज्ञानबहादुर शाहीले जुम्लाको विकासको लागी नभई पुर्व राजाको वकालत गरिरहेको बताएका छन । उनिहरुले जनताको र सहिदको रगत्त पसिना बगाएर ल्याएको यो व्यवस्थामा टेकेर सांसद वनेका सांसद ज्ञान बहादुरले पुर्वराजाको नभइ जनताको बिकासको लागी बोल्नु पर्ने बताएका हुन । त्यही व्यवस्थाको ध्वज्जी उडाउदै इतिहासको पानामा खोज्नु पर्ने पुर्व राजाको पक्षका वकालत गरेको बताएका छन ।
त्यस्तै प्रतिनिधिसभा सांसद छिरिङ ल्हामु लामा, तामाङले भनिन ,गणतन्त्र नेपालमा राजतन्त्रको वकालत गर्ने पार्टी सम्भवत राप्रपा मात्रै हो । यो पार्टी राजतन्त्रको पुनस्र्थापना गर्ने भन्दै भोट मागिरहेको छ । १० बर्षे सशस्त्र द्धन्द्ध र १९ दिने जनआन्दोलनले राजतन्त्रलाई रसातलमा पुराएको पनि करिब १५ वर्ष भइसक्यो तर राप्रपा भने यही तन्त्र उत्खनन्मा लागिरहेको छ । अहिले जुम्लाको बिकासको निम्ती भन्दै जन्तालाई भ्रम छरेर संघिय सांसदमा निर्वाचित भएको ज्ञान बहादुर शाहीले इतिहासको पानामा आन्दोलनबाट थन्काएको राजतन्त्र चाहिन्छ भन्दै आफ्नो प्रमुख एजेण्डा बनाउदै हिडेको बताइन । जुन ब्यक्तिगणतन्त्र नेपालमा परिवर्तनका धेरै कुरा स्वीकादैन ।
चुनावमा जिताउने काम गलत भएको छ । उनले व्यवस्था रहेमा हामी रहने भएकाले व्यवस्था विरोधी काम गर्ने जो कोहीको प्रतिकार गर्न आवश्यक रहेको बताइन। उनले आफुले जुम्ला विमानस्थल, फ्यूल सेन्टर, नाग्म गमगडि राजमार्ग, जुम्ला जोड्ने रणनितिक सड्कको विषयमा निरन्तर लागिरहेको छु ।
त्यस्तै संविधानसभा सांसद डिल्लीप्रसाद काफ्लेले राप्रपाका प्रवक्ता एवं युट्युबका भाइरल सांसद युवानेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई निर्वाचनमा भोट दिने काम तिहासलाई उल्टो दिशामा फर्काउन चाहानेहरुको हो । नत उनले बोकेको विचार अग्रगमन हो । न उनले बोकेको बुढो विचारलाई जुम्लाले अनुमोदन गरिदियो यसमा सबै पाटी कार्यकताले सुध्रीन जरुरी छ । उनले भने, जन्ताले विकास गर्छन भनेर जितेर पठाएका ज्ञानबहादुर लाई जुम्लाको श्रीपाँचको सरकार भनेर पुर्व राजाको नारा लगाइयो तर यहाको प्रहरी प्रशासन कुनै काबार्ही गरेन । उल्टै टुलुटुल हेरेर बसेको देखियो उनले भने ।
त्यस्तै पूर्व सांसद देविलाल थापाले दिवसको अवसरमा वोल्दै जनताले दुःख गरेर ल्याएको व्यवस्थालाई कुल्चन खोज्ने हर्कत राम्रो नभएको आक्रोस पोखेका छ्न । त्यस्तै संविधनसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय नेता डिल्ली प्रसाद काफ्लेले राजावादीलाई निर्वाचन जिताउदा जुम्लाको राजनिति ध्वस्त भएको धारणा राखे ।
उनले राजतन्त्रको नाईके ल्याउछु भनेर कुर्लिनु सांसद ज्ञानेन्द्रको काम राम्रो नभएको बताउदै जनता असन्तुष्ट हुनुको दोष ठूला र सत्ताधारी पार्टीले जिम्मा लिनुपर्ने छ । उनले सांसद ज्ञानबहादुर शाहीलाई भोट हाल्ने कांग्रेस, माओवादी, एमालेले पनि ध्यान नदिएको भन्दै सांसद ज्ञानबहादुर शाहीलाई गणतन्त्रको गोमन सर्पको संज्ञा दिए । ज्ञानवहादुरलाई चुनाव जिताउने ठूला दलका प्रजातान्त्रिक समाजवाद, वहुदलीय जनवाद र नयाँ जनवाद पनि कता हराएको भन्दै व्यङ्ग्य गरे ।
त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्लाध्यक्ष विरबहादुर कुँवरले हिजो अभिव्यक्ति स्वतन्त्रता माथी अंकुस लगाउन,े शासन एकै परिवारमा निहित गर्ने व्यवस्था फ्याकेर जनताको नेतृत्वमा शासन चलाउने व्यवस्था, संघीयता, समानुपातिक र विभिन्न परिवर्तनको कल्पना गर्ने नेपाल संविधान २०७२ रहेको बताए । संविधान दिवसको अवसरमा जुम्ला सदरमुकाममा र्याली सहित बजार समेत बजार परिकर्मा गरिएको थियो । कार्यक्रममा राजनैतिकदल, सुरक्षाकर्मी, कर्मचारी, नागरिकसमाज र पत्रकारहरुको उपस्थिति रहेको थियो ।