राष्ट्रिय बाल दिवस :जुम्लाम बक्तृत्वकला र लोकगित प्रतियोगिता

जुम्ला ः ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरीमर्नाको छ । विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो।

त्यस्तै नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ। जुम्लामा ५९ औँ राष्ट्रिय बाल दिवस जुम्ला बक्तृत्वकला र लोक दोहोरी प्रतियोगिता गरिएको छ । त्यस्तै चन्दननाथ नगरपालिका महिला तथा बालवालिका शाखा , किर्डाक नेपाल र पेस नेपाल जिल्ला बालसंञ्चालको संयुक्त आयोजनामा गरिएको हो ।

त्यस्तै संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले बताए । उनका अनुसार संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ। त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जयमुकार घिमिरेले संविधानले प्रत्याभूत गरेको बालबालिकाको हक र अधिकार कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए। उनले विभिन्न बालअधिकारका क्षेत्रमा कार्य गर्ने सङ्घसंस्थाको समन्वय र सहकार्य गर्नु पर्ने बताए ।

त्यस्तै चन्दननाथ नगरपालिका महिला तथा बालवालिका शाखामा साहयक महिला बिकास निरीक्षक पस्पा थापाका अनुसार बालबालिकाको अधिकार संरक्षणका लागि सबै सरोकारावाला निकायको एकीकृत र समन्वयात्मक भूमिका आवश्यकता छ। उनले भनिन, बालबालिकाको हक, अधिकार संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी बालविवाह तथा बालश्रम अन्त्य, र बालबालिका संरक्षणको लागी काम गर्नु पर्ने अवस्था आएको छ ।

त्यस्तै चन्दननाथ नगरपालिका महिला तथा बालवालिका शाखा , किर्डाक नेपाल र पेस नेपाल जिल्ला बालसंञ्चालको संयुक्त आयोजनामा गरीएको लोकगित प्रतियोगितामा लक्ष्मी सार्की प्रथाम, रोशनी खत्री द्धितिय, टिका महत तृतिय र प्रकृति शाही चौथो आएका थिए । त्यस्तै बक्तृत्वकला प्रतियोगितामा रितेश चौलागाई प्रथाम , कपिल उपाध्याय द्धितिय , दर्शन मणि रोकाया तृतिय र अनुप चौलागाई चौथो आएका थिए ।

प्रतियोगितामा स्थान ल्याउने बालवालिकालाई नौ हजार एक सय ३० रुपया बराबरको कपी कलम पुस्कार स्वरूप उपलब्ध गरायको किडार्क नेपालका बालसंरक्षण अधिकृत श्रीराम थापाले बताए । उनले भने, समय र प्रविधिसँगै जलवायु परिर्वतनले बालबालिकामा ल्याएको असर, अनलाइनबाट बालबालिकामा पारेको प्रभावका बारेमा थप काम गर्न जरुरी भनाइ छ। उनका अनुसार वल्ड भिजन ईन्टरनेश्नल नेपाल ,किर्डाक नेपालको साझेदारीमा संचालीत समुदायमा आधारीत वालस्पोन्सरसीप परियोजना अन्तरगत चन्दनाथ नगरपालीक संग समन्वय गरेर बाल दिवस मनाउनक लागी लोकगीत प्रतियोगीता बक्तृत्वकला प्रतियोगीता कार्यक्रम गरिएको हो ।

 

 

सम्बन्धित समाचार