लेकवेशी नगरको एक र दुई वडालाई लक्षित गरी अस्थायी प्रहरी पोष्ट स्थापना
जुम्ला : लेकवेशी नगरपालिकाको १ र २ वडाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । इलाका प्रहरी कार्यालय लेकवेसीका प्रमुख धर्मराज जोशीले आफुले कार्यभार समालेको एक हप्ता भित्रै १ र २ वडाको शान्ति सुरक्षा र अपराध रोकथामको लागि अस्थायी प्रहरी पोस्ट स्थापना गरेका हुन । उनका अनुसार इलाका प्रहरी कार्यालय बाट सो वडा टाढा भएकोले दैनिक स्थानीय जनप्रतिनिधि, नागरिकहरुसंग समन्वयमा अस्थायी प्रहरी पोष्ट लेखफर्सा राखिएको हो । उनले भने, त्यहाका नागरिकहरुको माग अनुसार नै तत्काललाई अस्थायी प्रहरी पोस्ट स्थापना गरेका हौँ । त्यस्तै कर्णाली प्रदेस सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री, कृष्ण बहादुर जिसीको उद्धघाटन गर्नु भएको हो ।
त्यहाको शान्ति सुरक्षालाई ध्यानमा राखेर भोलीका दिनमा चौकीको रुपमा स्थापना गरिने लक्ष्य रहेको छ । यसको लागी स्थानिय बाट आबश्यक कागजजात उपलब्ध गराई स्थायी चौकी समेत बनाउने उद्देश्य रहेको लेकवेशी नगरपालिका, नगर प्रमुख नगरपालिका,उमेश कुमार पौडेलले बताए ।
साना किसान कृषि सहकारी संस्था लिमिटेडको घरमा आवश्यक आधारभूत पूर्वाधार निर्माण गर्न लगाई यही मिति २०८०÷०५÷२५ अस्थायी प्रहरी पोष्ट लेखफर्साको समुद्घाटन सुसम्पन्न गरिएको इलाका प्रहरी कार्यालय लेकवेसीका प्रमुख धर्मराज जोशीले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालयको आफ्नो जमीन र भवन नभई घर भाडामा बसिरहेको हुनाले तत्काल जग्गाको पहल भइरहेको बताए ।
कार्यकालको पहिलो तीन महिना भित्रै इलाकाको आफनै जग्गा व्यवस्था गरेर सुविधा सम्पन्न भवन निर्माणको लागि पहल गरिने कार्ययोजना रहेको जोशीको दाबी छ । त्यस्तै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक भीम प्रसाद ढकालले स्थापाना गरिएको प्रहरी पोष्टले स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउन मदत गर्ने बताए ।