जुम्लाका जेष्ठ नागरिकलाई स्नेह स्नीग्घे शिविर संञ्चालन

जुम्ला ः जुम्लाका जेष्ठ नागरिकको लागी तिन दिने स्नेह स्नीग्घ शिविर गरिएको छ । जेष्ठ नागरिकको स्वास्थ्य अवस्थालाइ मध्यजनर गरी भदौ १९ गते देखि २१ गते सम्म निशुल्क शिविर गरिएको हो । आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको आयोजनामा जेष्ठ नागरिकको उपचारमा सहजता प्रदान गर्नका लागी तिनदिने शिविर संञ्चालन गरिएको डाक्टर सञ्जु कार्कीले बताइन । उनले भनिन यो शिविरमा आएर सेवा दिनपाउदा आमा बुवाको आसिरवार्द मिलेको बताईन । उनले भनिन,’सेवा नै धर्ममा हो । आजको युवा भोलीका जेष्ठ नागरिक भएकाले सबैले सहयोग गर्नु पर्ने बताइन । बुढेसकालमा नागरिकलाई साइड इफेक्ट नगर्ने औषधिहरु चाहिने भएको हुँदा आयुर्वेदि केन्द्र बाट शिविर संञ्चालन गरिएको हो ।

त्यस्तै यस्तै जेष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले भने,’यसको स्थापना भएर मात्र हुँदैन, त्यसलाई निरन्तरताको खाँचो रहेको छ । उनले भने, ’म जेष्ठ नागरिकको हक अधिकारको लागि स्थानीय सरकारले वास्ता गर्दैन । हाल आयुर्वेद स्वास्थ्य केन्द्रले फार्मेसी स्थापना गरेर निशुल्क शिविर गरिदिएको हार्दिक आभार ब्यक्त गरेका छन । उनले आगामी दिनमा निरन्तरता दिन जिल्लाका सबै स्थानीय तहले सहयोग गर्नुपर्ने बताए ।

त्यस्तै आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला डाक्टर प्रतिमा शर्माका अनुसार जेष्ठ नागरिकलाई लक्षित गरी हरेका महिनाको २१ गते अभ्यङ्ग (स्नेहत) स्वेदन (सेक्ने ) पुर्वकमृ र त्यस पछि पंचकन गरिन्छ । उनले भनिन, जेष्ठ नारिक सबैले एक पटक हुने जिवन चक्रहो । त्यसैले सेवा गर्नु हाम्रो कतब्य ठान्दै आएका छौ ।

जेष्ठ नागरिकलाइे बढी हाडजोर्नीको समस्या हुने गरेकोले उनिहरुको लागी यस्तो सेवा दिइएको हो ।जेष्ठ नागरिकको स्वास्थ्य रक्षाको लागि फार्मेसी खोलिएको हो,’ उनले भने, ’आयुर्वेद स्वास्थ्य केन्द्र टाढा भएको हुनाले बजारमै सेवा प्रदान गर्नको लागि फार्मेसी स्थापना गरिएको हो।’उनका अनुसार जिल्लास्थित वृद्धाश्रममा आउने भएको हुनाले यसमा सुविधाहरु थप गरेर व्यवस्थित बनाउँदै लैजाने योजना रहेको छ ।

त्यस्तै चन्दननाथ नगरपालिका सात महतगाउँका रघु बिर महतले आयुर्वेद केन्द्रले दिइएको अभ्यङ्ग (स्नेहत) स्वेदन (सेक्ने ) सेवा लिएका छन ।उनलाई हाडजोर्नी दुख्ने समस्या थियो तर अहिले केही सहज भएको छ । त्यस्तै गुठीचौर गाउँपालिका दुईकी जनरुपी बुढालाई पनि यो सेवाले हाम्रो भएको बताइन ।उनी जस्तै एक सय ३९ जना जेष्ठनागरिक सेवा दिएको छ ।

 

सम्बन्धित समाचार