जुम्लाको जेष्ठ नागरिक संघको भवनमै आयुर्वेदिक औषधीको फार्मेसी स्थापना

जुम्ला ः जुम्लाका जेष्ठ नागरिकको स्वास्थ्य अवस्थालाइ मध्यजनर गरी आयुर्वेदि औषधीको फार्मेसी स्थापना गरिएको छ। जुम्लाको आयुर्वेद अस्पताल दरमुकाम भन्दा टढा रहेकाले उनीहरुलाई लक्षित निःशुल्क औषधीको आफर्मेसी स्थापना गरिएको हो । आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको सहयोगमा जेष्ठ नागरिकको उपचारमा सहजता प्रदान गर्नका लागी आयुर्वेद फार्मेसी स्थापना गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका निमिक्त कर्यालय प्रमख नन्द प्रसाद न्यौपानेले बताए । उनका अनुसार बुढेसकालमा नागरिकलाई साइड इफेक्ट नगर्ने औषधिहरु चाहिने भएको हुँदा आयुर्वेदिक फार्मेसी स्थापना गरिएको हो । उनले भने,’यसको स्थापना भएर मात्र हुँदैन, त्यसलाई निरन्तरताको खाँचो छ,’उनले भने, ’म जेष्ठ नागरिकको हक अधिकारको लागि सदैव लाग्नेछु। उनका अनुसार हाल आयुर्वेद स्वास्थ्य केन्द्रले फार्मेसी स्थापना गरेपनि आगामी दिनमा यसलाई निरन्तरता दिन जिल्लाका सबै स्थानीय तहले सहयोग गर्नुपर्ने हुन्छ।


त्यस्तै आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला डाक्टर प्रतिमा शर्माका अनुसार जेष्ठ नागरिकलाई लक्षित गरी हरेका महिनाको २१ गते अभ्यङ्ग (स्नेहत) स्वेदन (सेक्ने ) पुर्वकमृ र त्यस पछि पंचकन गरिन्छ । उनले भनिन, जेष्ठ नारिक सबैले एक पटक हुने जिवन चक्रहो । त्यसैले सेवा गर्नु हाम्रो कतब्य ठान्दै आएका छौ ।

जेष्ठ नागरिकलाइे बढी हाडजोर्नीको समस्या हुने गरेकोले उनिहरुको लागी यस्तो सेवा दिइएको हो । जेष्ठ नागरिकको स्वास्थ्य रक्षाको लागि फार्मेसी खोलिएको हो,’ उनले भने, ’आयुर्वेद स्वास्थ्य केन्द्र टाढा भएको हुनाले बजारमै सेवा प्रदान गर्नको लागि फार्मेसी स्थापना गरिएको हो।’उनका अनुसार जिल्लास्थित वृद्धाश्रममा आउने भएको हुनाले यसमा सुविधाहरु थप गरेर व्यवस्थित बनाउँदै लैजाने योजना रहेको छ ।

त्यस्तै यसका लागि सबैको सहयोग आवश्यक रहेको छ । त्यस्तै जुम्लाका साहयक प्रमिुख जिल्ला अधिकारी दत्तराज हमालले यो फार्मेसीले जेष्ठ नागरिकले आयुर्वेदको सेवा लिन सहज भएको बताए । उनले भने,’यस अघि त्यहा सम्म सहज तरिकाले पुग्ने सहज बाटोको पहुँच थिएन ।

आब आफै भवनमा आयुर्वेद सेवा पाउने भएपछि यसले राहत पुगेको छ । उनका अनुसार आफु पनि जेष्ठ नागरिकको पेरीफेरीमा रहेको बताउदैन उनले प्रशासनको तर्फबाट र ब्यक्तिगत्त रुपमा सहयोग गर्ने प्रतिबदता गरे ।
त्यस्तै चन्दननाथ नगरपालिका सात महतगाउँका रघु बिर महतले आयुर्वेद केन्द्रले दिइएको अभ्यङ्ग (स्नेहत) स्वेदन (सेक्ने ) सेवा लिएका छन ।उनलाई हाडजोर्नी दुख्ने समस्या थियो तर अहिले केही सहज भएको छ ।

त्यस्तै गुठीचौर गाउँपालिका दुईकी जनरुपी बुढालाई पनि यो सेवाले हाम्रो भएको बताइन ।उनी जस्तै एक सय ३९ जना जेष्ठनागरिक सेवा दिएको छ ।
त्यस्तै जेष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले प्रत्येक महिनाको २१ गते औषधि दिँइदै आएकोमा अहिले फार्मेसी खोलेर नियमित सेवा दिन सकिने बताए । उनले जेष्ठ नागरिकलाई सरकारले प्रथामीकता नदिएको गुनासो गरे ।

त्यस्तै नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले जेष्ठ नागरिकको भवनमै आयुर्वेद सेवा दिइएकोमा अभार ब्यक्त गरे । उनले आयुर्वेद केन्द्रको सेवा मुस्कान सहितको रहेको बताए ।उनले पत्रकारीताको क्षेत्रबाट मात्रै नभइ जेष्ठ नागरिकको सेवाको लागी सधै भरी लागी पर्ने बताए । त्यस्तै नागरिक समाजका अध्यक्ष राजबाहादुर महतले जेष्ठ नागरिकका निम्ति आयुर्वेद फार्मेसी खोल्दा खुशी लागेको छ । उनले भने, ’अब जेष्ठ नागरिकले पाउने सेवा सुविधाबाट बञ्चित हुन नपर्ने बताए ।

सम्बन्धित समाचार