उद्योग र वाणिज्य तर्फका केहि उद्योगहरु दर्ता र नविकरणका स्थानीय तहबाटै गर्न पाउने

जुम्ला ः उद्योग र वाणिज्य तर्फका केहि उद्योगहरु दर्ता र नविकरणका स्थानीय तहबाटै गर्न पाइने भएको छ । स्थानीय उद्योग दार्ता , नविकरण ,संञचालन तथा ब्यवस्थापन ऐन २०७८ले स्थानीय सरकारलाई दिइएको हो । जस अन्तरगत्त उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाले ३ हजार १ सय ८३ वटा उद्योगहरु जुम्लाका ८ वटा स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

उद्योग तर्फ २ सय ९१ र वाणिज्य तर्फका २ हजार ८ सय ९२ वटा उद्योगहरु स्थानीय तहलाई हस्तान्तरण गरेको उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए । उनका अनुसार कार्यालयमा हालसम्म ३ हजार ६ सय ९३ उद्योग र ३ हजार १ सय ४ वटा वाणिज्य उद्योगहरु दर्ता भएका छन । उनले भने, वाणिज्य तर्फका ३ हजार १ सय ४ वटा उद्योग मध्ये २ हजार ८ सय ९२ उद्योगहरु सम्बन्धीत स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । भने २ सय १२ वटा उद्योगहरु कार्यालय माताहत रहने भएका छन ।

प्रमुख देवकोटाका अनुसार उद्योग तर्फका ५ लाख भन्दा माथि पँुजी भएका र वाणिज्य तर्फ १० लाख भन्दा माथि पुँजी भएका उद्योगहरु भने कार्यालय माताहत रहने छन । पाँच लाख भन्दा तलका पँुजी भएका उद्योग र १० लाख भन्दा तलका पुँजि भएका वाणिज्य तर्फतका उद्योग नविकरण र नयाँ दर्ता सम्बन्धीत स्थानीय तहले गर्न भएको छ ।

त्यस्तै कनकासुन्दरी गाउँपालिकालाई ६८ वटा रहेका छन । गुठीचौर गाउँपालिकालाई १० वटा उद्योगहरु हस्तान्तरण गरिएको छ । त्यस्तै वाणिज्य तर्फका जम्मा २ हजार ८ सय ९२ वटा उद्योग मध्ये सबैभन्दा बढी चनदननाथ नगरपालिकालाई १ हजार ६ सय ६७ रहेका छन ।

कार्यालयले नगरपालिकालाई २५ वटा उद्योग र १ हजार ६ सय ६७ वटा वाणिज्य उद्योगहरु हस्तान्तरण गरेको छ । त्यस्तै गुठीचौर गाउँपालिकालाई १० वटा उद्योग र १ सय १२ वटा वाणिज्य उद्योगहरु हस्तान्तरण गरिएको छ । यस्तै पातारासि गाउँपालिकालाई ४० वटा उद्योग र १ सय ३४ वटा वाणिज्य उद्योग रहेका छन । त्यस्तै तातोपानी गाउँपालिकालाई २० वटा उद्योग र २९६ वटा वाणिज्य उद्योग कार्यालयले हस्तान्तरण गरेको छ ।

त्यस्तै तिला गाउँपालिकालाई ६० वटा उद्योग र २सय १९ वटा वाणिज्य उद्योग, हस्तारण गरिएको छ । त्यस्तै हिमा गाउँपालिकालाई २२ वटा उद्योग र १३९ वटा वाणिज्य उद्योग, सिंजा गाउँपालिकालाई ४६ वटा उद्योग र १५२ वटा वाणिज्य उद्योग, कनकासुन्दरी गाउँपालिकालाई ६८ उद्योग र १७३ वटा वाणिज्य उद्योगहरु हस्तान्तरण गरिएको हो ।

त्यस्तै नगरपालिकाका ११ सय ३२ उद्योग, गुठीचौरका ४६४, पातारासिका ३०८, तातोपानीका ३७६, तिलाका ३०१, हिमाका १५६, सिंजाका ३९२ र कनकासुन्दरी गाउँपालिका भित्रका २७३ वटा उद्योगहरु कार्यालय माताहतमा रहने उहाँको भनाइ छ । कार्यालय प्रमुख देवकोटाका अनुसार, वाणिज्य तर्फका नगरपालिका भित्रका १५२, गुठीचौरका ८, पातारासिका ५, तातोपानीका १२, तिलाका ९, हिमाका ३, सिंजाका २ र कनकासुन्दरी गाउँपालिका भित्रका २१ वटा उद्योगहरु कार्यालय माताहत रहने छन।
कार्यालय प्रमुख देवकोटाले कार्यालय माताहत रहने उद्योगहरुको दर्ता र नविकरण उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाबाटै हुने छन ।

उनले भने, हस्तान्तरण गरिएका उद्योगहरुको दर्ता र नविकरणको काम अब स्थानीय तहबाटै हुनेछ । पाँच लाखसम्म पुँजी भएका उद्योग र १० लाख सम्म पुँजी भएका वाणिज्य तर्फका उद्योगको दर्ता र नविकरण अब स्थानीय तहबाटै हुने छन । आइतबार स्थानीय तहका प्रमुख र उद्योग शाखाको रोहोबरमा उद्योगहरु हस्तान्तरण गरिएको छ ।

जुम्लामा कार्यालयमा हालसम्म दर्ता भएका उद्योगहरुको सबै फाईलहरु सम्बन्धित स्थानीय तहलाई बुझाईएको छ । त्यस्तै उद्योग हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वयसमिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले स्थानीय तहबाट नागरिकहरुले सेवा पाउन सहज हुने बताए । उनका अनुसार सबै भन्दा नजिकैको सरकार स्थानीय सरकार हो यसले गर्दा नागरिकले सेवा पनि पाउछन ,सरकारलाई राजश्व पनि उठ्छ । उद्योग दर्ता र नविकरण नागरिकहरुले स्थानीय तहबाटै गर्न पाउने हुँदा अब सदरमुकाम सम्म आउनु पर्ने अवस्था रहदैन ।

त्यस्तै स्थानीय तहमा रहेको उद्योग शाखाहरुलाई सेवा राम्रोसँग दिएको खण्डमा राजश्व समेत उठ्ने चन्दननाथ नगरपालिका जुम्लाका मेयर राजुसिंह कठायतले बताए । उनले उद्योगहरुको दर्ता र नविकरण स्थानीय तहबाट नागरिकलाई पनि सहज हुने छ । उद्योग शाखालाई सक्रिय बनाउनका लागी नगरपालिका लागी पर्ने बताए । त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले संघियताको मर्म अनुसार उद्योगहरुको जिम्मेवराी स्थानीय तहमा जानु राम्रो भएको बताए । उनले सबै भन्दा जिम्मेवारी स्थानीय सरकार हो । उनले भने, यसले गर्दा उद्योगहरु दर्ता तथा नविकरणका लागि नागरिकहरुलाई सदरमुकाममा आउनु पर्ने बाध्यता हटने छ ।

सम्बन्धित समाचार