जुम्ला : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा सहितकोे बिज्ञ टोली सल्यानमा पुगेको छ । उनीहरुको टोली सल्यानको सन्तला बगैँचामा पुगेको हो । सुन्तलामा देखिएको पिंक रोग (गुलाबी रङ्गं) को उपचारका लागि कृषि मन्त्री शर्मा सहितको विज्ञको टोली किसानको बगैँचामा पुगेको पाइएको छ ।
सुन्तला जातको फलफूलमा लागेको रोग परीक्षण भए लगतै किसानको समस्या समाधान गर्न कृषि मन्त्री शर्मा किसानसँग सरकार कार्यक्रम अन्तर्गत विज्ञ प्राविधिकको टोली सहित किसानको सुन्तला बगैँचामा पुगेको हो । उनका अनुसार राष्ट्रिय वाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारको प्रयोगशालामा सल्यान जिल्लामा सुन्तला जातको फलफूलमा लागेको रोगको नमुना परीक्षण गर्दा पिङ्ग रोग पत्ता लागेको बताए । रोग नियन्त्रणको लागि एकीकृत कृषि प्रयोगशालाको प्राविधिक टोली सहित मन्त्री शर्मा बागचौर नगरपालिका ८ मा गएका हुन ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, एकीकृत कृषि प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतको आयोजना तथा कृषि विकास कार्यालय सल्यानको व्यवस्थापनमा मन्त्री शर्माले किसानसँग समस्या समाधानको लागी अन्तरक्रिया समेत गरेका छन।सन्तला जातमा देखिएको समस्या र समाधान गर्न सुन्तला बगैँचा सुदृढीकरण अभियान मूलक बगैँचा व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको मन्त्री शर्माले बताए । उनका अनुसार सुन्तलाको पकेट क्षेत्र कोटमौलामा सुन्तला बगैँचामा देखिएको रोगको उपचारको लागि कर्णाली प्रदेश सरकारले विज्ञ सहितको टोली बोलाएर रोग पत्ता लगाई उपचार गरिरहेको कृषि मन्त्री शर्माले जानकारी दिए । मन्त्री शर्माका अनुसार किसानहरूलाई तालिम दिएर रोग नियन्त्रणका लागि, विषादी वितरणका साथै प्रयोगको विषयमा बगैँचामै पुगेर कार्यक्रम अगाडि बढाइएको छ ।
उनले किसानसँग सरकार कार्यक्रम अन्तर्गत हरेक किसानसँग सहकार्य गर्न र समस्याको समाधानका लागि किसान सँगै सरकार लागि परेको छ । किसानसँग सरकार सधैँ हुने प्रतिबद्धता सहित ३ सय ५० जना किसानलाई कपर अक्सी क्लोराइट युक्त विषादी वितरण गरिएको छ ।
बढी ओसिलो र न्यानो वातावरण भएको आषाढ देखि साउन, भदौसम्म सुन्तलाका बोटका हाँगामा यो रोगको ढुसीले आक्रमण गर्ने कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेसम कुमार बस्नेतले बताए । उनले भने सुरुमा यो रोगले छोएको ठाउँमा पानीले भिजेको जस्तो देखिने बिस्तारै रोगले ग्रस्त पार्दै जाने र वर्षा पनि सकिएपछि बिस्तारै हाँगाको बोक्राको तन्तु मर्दै जाने र सुक्न थाल्ने लक्षण देखिने बस्नेतको भनाई छ ।