प्रचण्डले भर्चुअल रुपमा उद्घाटन गरे माओवादी विशेष रुपान्तरण अभियान

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान आजदेखि सुरु भएको छ ।प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एक साथ ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’को उद्घाटन गरेका छन् ।

यो अभियानअन्तर्गत पार्टीका सबै शीर्ष नेताहरू समेत वडावडामा पुग्ने कार्यक्रम तय भएको छ । यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड चन्द्रागिरि नगरपालिका -२ घट्टेडाँडाको कार्यक्रममा थियो  ।बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका-२८ हरिसिद्धीको कार्यक्रममा सहभागीभएका थिए ।  । सबै पदाधिकारी जाने वडाहरु तोकिएको छ  । अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने माओवादीको योजना छ । माओवादीले यो अभियानलाई आफूहरूको अन्तिम परीक्षा भएको बताएको छ ।

सम्बन्धित समाचार