कमरेडले विर्सिए आफुले उठाएको मुद्दा

जुम्ला  : कमरेड भनेको अर्थ संसारभरि छरिएका श्रमिकहरुको हक खोज्ने हो किसानहरूको हितमा लड्ने हो तर आजको कमरेड अर्थ वियरको नास्तामा बेचिएको त हैन । कमरेडको अर्थ जस्ले बढी कमिसन लिएर पार्टी कार्यालय धाउँछ ,उही हो जस्तो लाग्ने अनि अहिलेको कमरेड गुण्डाहरुको हिसाव कितावमा छ । अब त कमरेड भन्न मन पनि छोडाै जस्ताे लाग्ने भईसक्याे कतिलाई त । कमरेडको चरित्र सर्वहारा भएन ।

कमरेडको चिन्तन मजदुरप्रेमी भएन । कमरेड अहिले दुइटा बिहे गर्छ, महिला हिंसालाई बढुवा दिन्छ ,कमरेड अहिले जुवाताज खाडलमा भेटिन्छ ,अहिले कमरेड भट्टी पसलमा भेटिन्छ ।कमरेडले अहिले गोठालो पीडा बुझ्दैन ।

कमरेड होटल रेष्टुराँमा मदिरातिर लिप्न भएको भेटिन्छ । त्यही कारणले मलाइ कमरेड भन्न मन लाग्दैन आजभोली । कमरेड शब्द यति वजिलो छ । यस्को महत्ववमा यति गर्वलायक छजस्को औचित्यथैलीमा चल्नेरूले के थाहा पाउछ लुटमा रम्नेहरुले किन मतलब गर्छ र कमरेडको अर्थ संसार बदल्न हिडेकाहरू हुन भनेर ।

आफूलाई बलिदानमा सुम्पन तयार राख्छउनै हुन कमरेडआज त कमरेड देश बेच्ने विचौलियहरू पो भइसके छन् । धोकेवाजहरु कमरेड छन् । अब तपाइनै भनिदिनुस् म किन उनीहरूलाई कमरेड भन्ने !

त्यस्तै अभियानमा यस पटक धेरैजसो अन्तरजिल्लाका नेताहरुले जिल्ला र पालिका स्तरका नेताहरुले जुम्लाको पार्टी रुपान्तरण अभियानको अगुवाई गर्ने भएका छन् । बिस्तारित वैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रधाममन्त्रीका सल्लहाकार रामदिप आचार्यले माओवादीले हिजोका सवै गल्ति कमजारी सुधारेर अगाडि बढ्न र जुम्लालाई माओवादीको किल्ला स्थापित सवै माओवादी र समर्थकहरुले एक हुनुपर्ने बताए । उनले भने,’माओवादी कमरेड भित्रको नैतिकता बिलय भएको छ ।उनले जनयुद्धका ति दिन स्मरण गर्दै भने,हामी त्यो वेला एउटै संकल्प वोकेर एउटै ठाउँमा हिडेका हौँ ।

अनि एउटै खाना खायर जनयूद्ध शुरु गर्यौ । रातो रुमाल हल्लाउदै बिधाइ भएका धेरै साथीहरु संग फेरी भेट भएन । त्यो वेला वाँचे सँगै हुनेछौ तर मरे एउटै चिहान हुने भन्ने संकल्प थियो अहिले कमरेडमा त्यो हराएको छ । आज त्यही सँगै वसेको कमरेडले एकले अर्कोलाई घृणा गर्ने, दुश्मनी गर्ने, आत्मियताको डर हराएको छ ।एकले अर्कोलाई विष हाल्छ भन्ने डर यो किन भयो ।

अव यो कुरा सच्याउन केन्द्रीय किटिले गरेको विशेष माओवादी रुपान्तरण ३ महिने अभियान शुरु भएको हो ।अव म र मेरो कमजोरी के र कसरी सच्चिने अभियान पनि भएकाले सवैले साथ दिनुपर्छ ।आचार्यले आज माओवादी र विकासका सकारात्मक एजेण्डामा जोड आबश्यक छ ।

२०५० सालमा जन्मीएकी म २ वर्षको हुदा नेपाली जनताले विक्रम सम्वत् २०५२ देखि जनयुद्ध सूरु गरिएको पाइन्छ । तर २०५२ देखि २०६३ सालसम्म भोगेको अवधि जनयुद्धले उठाएको मुद्दा अहिले पनि सम्झछु । त्यो जनयुद्ध महिला बालबालिका ,दलित जस्ता हजारौ पछाडी परेका वर्गको लागी थियो । अशिक्षा, गरिबी र भोकमरीमा उम्रेको विद्रोह थियो ।

बेरोजगारीले थिचिएका, तल्लो तहमा रहेका निमुखा जनताको लागी थियो । जनताप्रति शासकको बेवास्ता र सत्तामा ¥याल काढ्नेहरूको लहड र सनकको प्रतिफल थियो तर ‘जनयुद्ध’ थिएन । ’जनयुद्ध भिर, पाखा र जंगलको कठिन यात्रामा ऊर्जा र जोवन खर्चेका, जीवन जोखिममा पारेकाहरूको लागी थियो ।

नेपालमा जनयूद्दको आडमा २४० बर्षिय निरंकुश राजतन्त्र, अन्त्य गर्दै  संविधानसभा, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना  तिनै कमरेडले ल्याएको व्यवस्था हो । यसको संस्थागत गर्न सामहिक प्रतिवद्धता चाहिन्छ ।

व्यवस्था सँगै जनताको अवस्थाको विषयमा अव ध्यान दिनुछोडि आज कमरेडलेनै राजाको एजेण्डा वोकेका मानिसलाई निर्वाचनमा भोट हाल्नु कति गैर जिम्मेवारी हो । एक कमरेडले अर्काको सफलतामा कुरा काट्ने, सामाजिक संजालमा अराजकता फैलाउने काम भईरहेको छ ।

म ४ कक्षामा पढ्दै गर्दा स्कुल बन्द गरेर विद्यार्थीलाई बिद्यार्थी सम्मेलनमा जानु पर्छ भन्दै लिर्दै गर्दा अरु संगै म पनि जान्थ्ये । त्यहा लगेर राजतन्त्र फयाँक्ने र नेपाललाई गणतन्त्रात्मक बनाउन संसद्वादी दलहरूको बिरुद्ध लड्ने र जनताको जनबाद ल्याउने भन्ने थियो । तर अहिले ब्यवस्था फेरी त्यो कुरा पुर्णरुपमा लागु हुन सकेन युद्धको औचित्य कसरी पुष्टि हुनसक्छ? युगले माओवादीसँग सोधेको प्रश्न यही हो ।

अर्को कुरा माओवादीलाई आम नागरिकले छातीमा हात राखेर भन्न थाले जनयुद्ध धनयुद्धमा परिणत त भएन ? यो कुरा कमरेडले किन बिर्सिएको छ ।कमरेड शब्द कम्युनिज्ममा सर्वहारा वर्गको अधिनायकत्व, वर्गविहीन सामाजिक व्यवस्था, शारीरिक र बौद्धिक श्रमका बीच समानता एवं राष्ट्र–राष्ट्रका बीच बन्धुत्वको भावना रहने शब्द हो ।

कम्युनिज्मलाई समाजमा स्थापित गर्न चाहने, शोषण, दमन र अन्याय–अत्याचार एवं निजी सम्पत्तिको विरोध गर्ने, सामूहिक उत्पादन पद्धति, सामूहिक जीवन र समानतामा विश्वास गर्ने, मार्क्सवादी लेनिनवादी वैज्ञानिक विचार धारामा दृढ रहेको, सर्वहारावर्गको पार्टीको सामूहिक अनुशासनमा रहने क्रान्तिकारीहरुले प्रयोग भाषा छ ।

यस पटक माओवादीले भदौ १६ बाट संञ्चालन गरेको घरघरमा माओवादी जनजनमा माओवादी रुपान्तरण अभियानले कमरेडहरुले बिर्सिएकाआफुले उठाएको मुद्दाले पुर्णता पाउने अपेक्षा गर्दछु । यो तिन महिने अभियानमहिला बालबालिका ,दलित अशिक्षा,गरिबी र भोकमरीमा परेका जस्ता हजारौ पछाडी परेका वर्गको लागी होस शुभकामना !

सम्बन्धित समाचार