सल्यान ः कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले माओबादी आन्दोलन बाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न वडा र टोल केन्द्रीत भएर नयाँ अभियान सञ्चालन गर्नु पर्ने बताउनुभएको छ। नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र बागचौर नगरसमिति वडा नम्वर दशले आयोजना गरेको घरघरमा माओबादी जनजनमा माओबादी जनतासंग माओबादी केन्द्र विशेष रुपान्तरण अभियानको सन्दर्भमा उहाले यस्तो बताउनु भएको हो ।
बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले माओबादी आन्दोलन बाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न सुशासन सामाजिक न्याय सहितको समृद्ध नेपाल,र भ्रष्टाचार रहित समाज निर्माण गर्न फेरि माओबादी नेता कार्यकर्ता वडा र टोलमा केन्द्रीत हुनुपर्ने जीकिर गरेका छन ।
उहाँले भन्नुभयो, आन्दोलन परिवर्तन क्रान्तिमा हामी सबै सहभागी भयौ संरक्षणमा गर्ने बेलामा फुट हुनुले प्रतिक्रियाबादीले व्यवस्था माथी कुठाराघात गर्न विभिन्न प्रपोकाण्ड गर्न लागेकोले माओबादी नेता कार्यकर्ता यसमा चनाखो हुनुपर्ने छ ।
अहिले माओबादी नेता कार्यकर्ता सहरमूखि भएको र गाउमा क्रान्तिका विरोधी हरु हुने गरेकाले माओबादी पार्टीका नेता कार्यकर्ता गाउफर्क अभियान अन्तर्गत तीन जनता संग माओबादी बिशेष रुपान्तरण ३ महिने अभियान सञ्चालन गरेको छ ।
नीति अनुसार नेतृत्व निर्माण गर्दा चुनियर जाने पद्बतिको विकास गर्न आवश्यक रहेको बताउदै तीन महिने अभियान पछि पार्टीको विधान महाधिवेशन हुने र विशेष महाअधिबेशन बाट पार्टी नयाँ चरणमा पुग्ने ठोकुवा गर्नुभयो।
सरकारले कामै गरेन भन्ने गुनासो छ पार्टी नेतृत्वले सिफारिस गरेका योजनामा अधिकत्तम पहल गरेकाले केही ठाउँ छुटेका छन त्यसलाई सम्बोधन गर्न आफु तयार भएको बताउदै अब माओबादी पार्टीका नेता कार्यकर्ता उत्पादन जोडिन अनुरोध गर्नुभयो अहिले प्रदेश सरकारले उत्पादनलाई सामुहिकतामा लिन खोजिएकाले अनुदानमुखी भन्दा उत्पादनमुखी पार्टी कार्यकर्ता हुनु पर्नेमा जोड गर्नुभयो ।
प्रदेश सरकारले एक उत्पादन अनेक स्वामित्व का आधारमा अनुदानको ब्यबस्थापन गरेको यो अभियान सफल बनाउन र आर्थिक समृद्धि तिर लैजान प्रदेश सरकारबाट सल्यान जिल्लामा आउने बर्ष देखि अदुवा र बेसार मा प्रतिकेजी ५० रुपैयाँमा बिक्री गर्न प्रदेश सरकारले बजारीकरणमा सहयोग गर्न प्रतिकेजी रु १० अनुदानको ब्यबस्था गरेको बताउनु भयो ।
उत्पादन बस्तु बिक्री नहुने समस्या अन्त्य गर्न सरकार तयार छ। कपुरकोटको तरकारी बिक्री हुन्छ तर बागचौरको तरकारी बिक्री नहुने समस्या डोकोमा उत्पादन गरेर समस्या भएकोले उत्पादन बृद्धि गर्न अनुरोध गर्नुभयो ।