कर्णाली प्रदेश सरकारद्वारा तरल नाइट्रोजन प्लान्ट निमार्ण गरिने
जुम्ला ः कर्णाली प्रदेश सरकारले तरल नाइट्रोजन प्लान्ट निर्माणको प्रकृया सुरु गरेको छ। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०८०।०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत तरल नाइट्रोजन प्लान्ट निर्माण प्रक्रिया थालनी गर्न लागीएको हो ।
त्यस्तै कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले तरल नाइट्रोजन प्लान्ट स्थापना तथा सन्चालनको लागी सुदुरपश्चिम प्रदेश सरकारले गेटा कैलालीमा स्थापना गरेको तरल नाइट्रोजन प्लान्ट अध्ययन अवलोकन गरेका छन । उनका अनुसार कृषि मन्त्रालयबाट गएको टोलीले तरल नाइट्रोजन प्लान्टको अध्ययन तथा अवलोकन गरिसकेको बताए ।
मन्त्री शर्मा र सुदुरपश्चिम प्रदेश सरकारका कृषि मन्त्री कैलाश चौधरीका बिचमा तरल नाइट्रोजन प्लान्ट स्थापनाका बारेमा समन्वयात्म तथा सहकार्यका लागि सिकाइ तथा ब्यबहारिक अभ्यासबारे छलफल समेत भएको छ। कर्णाली प्रदेश सरकारले लिएको लक्ष्य अनुरुप गरिएको तरल नाइट्रोजन प्लान्टको अध्ययन तथा अवलोकनबाट तरल नाइट्रोजन प्लान्ट स्थापनाको प्रकृया अगाडि बढाइने पक्का भएको छ ।