घर घरमा जनजनमा माओवादी अभियान : जुम्लाका कुनै पनि नेता कार्यकताले जुवा ताज खेल्न र मदिरा खान नपाइने


जुम्ला ः देशभर एकै साथ संञ्चालन हुन लागेको घरघरमा माओवादी,जनजनमा माओबादी रुपान्तरण अभियानमा जुम्लामा पनि यहि १६ गते सूरु हुने छ । त्यो अभियानमा मात्रै नभइ नेकपा माओवादी जुम्लाले आफ्नो संगठनमा आवद्ध नेता तथा कार्याबताले मदिरा खाना नपाइने बताएका हुन ।

जुम्लामा ३ महिने पार्टी सुदृढ रुपान्तरण अभियानको क्रममा गरिएको पत्रकार भेटघाटमा माओवादी पार्टीले मदिरा तथा जुवा ताज खेल्न नपाइने बताए । ३ महिने पार्टी रुपान्तरण अभियानको क्रममा गरिएको पत्रकार भेटघाट पार्टी अध्यक्ष विर वहादुर कुँवरले प्रस्तुत गर्नु भएको विज्ञेप्तिमा माओवादी पार्टीलाई एक भिन्न अनुशासित, मर्यादित, सुशासन र समृद्धिको पहरेदारको रुपमा प्रस्तुत गर्न मदिरा, जुवातास, वालविवाह, वहुविवाह,भ्रष्ट्रचार, कमिशन नगर्न र नगराउन एक विशेष संकल्प प्रस्ताव पारित गरिएको प्रेस विज्ञेप्तिमा उल्लेख छ ।

त्यस्तै माओवादीले नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको घरघरमा माओवादी जनजनमा माओवादी भन्ने मुलनारा सहित ३ महिने जनता सँग माओवादी विशेष रुपान्तरण अभियान २०८० भदौ १६ गते एकै साथ देशभर झै जुम्लाका ६० वटा वडामा अभियानको उद्घाटन हुने र मंशिर १५ गते सम्पन्न गरिने जानकारी गराउदछौ । यसका साथै सो वैठक र ३ महिने अभियानको वारे पत्रकार भेटघाट मार्फत यो प्रेस विज्ञेप्ति जारी गरिएको छ ।

त्यस्तै यो ३ महिने अभियानलाई गौरवशाली, प्रभावशाली र ऐतिहासिक रुपमा सम्पन्न गर्न पार्टी सत्ता र सम्पूर्ण जवस मोर्चालाई एकिकृत रुपमा परिचालित गर्ने, ३ महिने अभियानलाई सफल पार्न केन्द्रले तोकिए अनुसार जिल्ला ईन्चार्ज छिमी लामाको नेतृत्वमा कनकासुन्दरी गाउँपालिका (नवराज न्यौपाने),सिंजा गाउँपालिका (प्रभात चलाउने), हिमा गाउँपालिका (गोविन्द तिमिल्सिना), तिला गाउँपालिका (झक्कुप्रसाद घर्ति), तातोपानी गाउँपालिका (विरवहादुर रावत) गुठिचौर गाउँपालिका (रत्न गाह) पातारासी गाउँपालिका (डा.कलबहादुर रोकाया) र चन्दननाथ नगरपालिका (विर्खबहादुर थापा) खटाईएको जानकारी गराईएको छ ।

अभियानको अवधिमा सरकारको जनपक्षीय शुसासन र समृद्धिको कार्यलाई व्यापक जनताको घरदैलोमा पुरयाईने, अभियानलाई ३ चरणमा पहिलो चरण वडामा केन्द्रीत गर्ने, दोस्रो चरण पालिकामा केन्द्रीत गर्ने र तेस्रो चरणमा जिल्ला स्तरमा सम्पूर्ण गतिविधि केन्द्रीत गर्ने निर्णय गरिएकोछ ।

अभियानलाई प्रभावकारी र जनपरिचालन गर्न विभिन्न गतिविधि खेल, कला, सास्कृतिक प्रर्दशनी आयोजना र घुम्ति शिविर स्वास्थ्य शिविरहरु समेत संचालन गरिनेछ , जिल्ला स्तरका जवस मोर्चाहरुको जिल्ला भेला तथा जिल्ला स्तरीय जन परिचालन, जनप्रशिक्षण गरिनेछ । अभियानलाई थप प्रभावकारी वनाउन प्रचार प्रसार पोष्टर, पम्प्लेट, साथै प्रेस सँग सम्वन्धीत र सामाजिक संजालहरुको प्रयोग गरिनेछ, सरकारको जनपक्षीय शुसासन र समृद्धिको कार्यलाई व्यापक जनताको घरदैलोमा बताईएको छ ।

पत्रकार भेटघाटमा ईन्चार्ज छिमी लामाले नेकपा माओवादी केन्द्रको यो अभियानलाई सफल वनाउन आम जनसमुदाय, नागरिक समाज, उद्योगी व्यवसायी, पत्रकार, सम्पूर्ण निकाय र तह तप्कालाई सहयोगको अपिल गर्नुभयो । उहाँले अव माओवादीले समेत भ्रष्ट्राचार गरिरहेको छ भने सच्याने लगायतका कामहरुमा जोड दिने बताए ।

सम्बन्धित समाचार