जुम्ला बाट बडिमालिका गएको टोलीमाथी अज्ञात समुहबाट दुब्र्यहार
जुम्ला ः प्रसिद्ध तिर्थ स्थल बाजुराको बडिमालिका लागेको जुम्लाको टोलीलाई दुब्र्यवहार भएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार त्यहाँबाट खबर आए अनुसार अज्ञात समुहले मदिरा प्रयोग गरेर क्यामरा खोस्ने तथा ढुंगा हान्न प्रयास गरेको खबर आएको जानकारी दिए ।उनले बाजुराको ढाडिठाटा स्थानमा सो घटना भएको भन्ने अपुष्ट खबर आएको छ
उहाँका अनुसार अहिले टिम सुरक्षित स्थानमा गईसकेको र उनिहरुको सुरक्षाका विषयमा बाजुरा प्रशासनलाई जानकारी गराईएको छ । नागरिक समाजका संयोजक राजबहादुर महतका अनुसार टोलीमाथीको दुव्र्यवहार भयो भन्ने छ, त्यो बिषयको भत्सर्ना गर्दै सुरक्षाको ग्यारेन्टी गर्न नेपाल सरकारलाई अपिल गरे । उनले दुव्र्यवहार गर्ने जो कोहीलाई पनि कारवाही गरिनुपर्ने बताए ।
पञ्चमीका दिनमा हरेक बर्ष जुम्लाबाट दर्शनका लागि गएर गरेर १७ दिनमा जम्ला फर्किने चलन रहेको छ । सरकारी टोली गएर भगवतिको दर्शन गर्ने चलन छ । यस पटक जिल्ला प्रशासनका नायव सुब्बा एकराज गिरीको नेतृत्वमा ११ जनाको टोली गएको स्थानीय प्रशासनले खबर गरेको छ । घटनाको बिषयमा थप जानकारी लिईने स्थानीय प्रशासनले जनाएको छ ।