माओवादी रुपान्तरण अभियानका लागी जुम्लाका आठ पालिकामा ईन्चार्ज खटाइयो

जुम्ला :नेपाल कम्यूनिष्ट पाटी माओवादी केन्द्र देशभरी एकै पटक संञ्चालन गर्ने थालेको माओवादी रुपान्तरण अभियानका लागि जुम्लाका ८ जना इन्चार्ज खटाइएको छ । यस पटकको मुख्य नारा घर घरमा माओवादी जनजनमा माओवादी रहेको छ । केन्द्र जुम्लाको तातोपानी गाउँपालिमा विस्तारित वैठक राखेर जुम्लाका आठ स्थानीय तह ईन्चार्ज खटाईएका हुन ।

त्यस्तै जुम्लाका ६० वडामा पार्टी केन्द्र र प्रदेशले सर्कुलर गरेको निर्देशन अनुसार स्थानीय तह र वडापालिकामा छ ।नेकपा माओवादी केन्द्र जुम्लाको तातोपानी लिताकोटमा सम्पन्न गरेको विस्तारित वैठकमा माओवादी जिल्ला देखी केन्द्र सम्मका अगुवा नेताहरुको उपस्थिति रहेको थियो । वैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य तथा प्रधानमन्त्रीका प्रशासन सल्लाहकार रामदिप आचार्य, ३ महिने अभियानका ईन्चार्ज छिमी लामा सहित १० जना केन्द्रीय कमिटिका सदस्यहरुको वैठकमा उपस्थित रहेको थियो ।

त्यस्तै अभियानमा यस पटक धेरैजसो अन्तरजिल्लाका नेताहरुले जिल्ला र पालिका स्तरका नेताहरुले जुम्लाको पार्टी रुपान्तरण अभियानको अगुवाई गर्ने भएका छन् । बिस्तारित वैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदिप आचार्यले माओवादीले हिजोका सवै गल्ति कमजारी सुधारेर अगाडि बढ्न र जुम्लालाई माओवादीको किल्ला स्थापित सवै माओवादी र समर्थकहरुले एक हुनुपर्ने बताए । उनले भने,’माओवादी कमरेड भित्रको नैतिकता बिलय भएको छ ।उनले जनयुद्धका ति दिन स्मरण गर्दै भने , हामी त्यो वेला एउटै संकल्प वोकेर एउटै ठाउँमा हिड्ेका हौँ ।अनि एउटै खाना खायर जनयूद्ध शुरु गर्यौ ।रातो रुमाल हल्लाउदै बिधाइ भएका धेरै साथीहरु संग फेरी भेट भएन । त्यो वेला वाँचे सँगै हुनेछौ तर मरे एउटै चिहान हुने भन्ने संकल्प थियो अहिले कमरेडमा त्यो हराएको छ ।

आज त्यही सँगै वसेको कमरेडले एकले अर्कोलाई घृणा गर्ने, दुश्मनी गर्ने, आत्मियताको डर हराएको छ । एकले अर्कोलाई विष हाल्छ भन्ने डर यो किन भयो । अव यो कुरा सच्याउन केन्द्रीय किटिले गरेको विशेष माओवादी रुपान्तरण ३ महिने अभियान शुरु भएको हो ।अव म र मेरो कमजोरी के र कसरी सच्चिने अभियान पनि भएकाले सवैले साथ दिनुपर्छ । आचार्यले आज माओवादी र विकासका सकारात्मक एजेण्डामा जोड आबश्यक छ ।प्रधानमन्त्रीले भन्नुभएको छ, आफु क्रान्तिको नायक र देशको प्रधानमन्त्रीको हिसावले कमीकमजोरी सुधार्छु,रुपान्तरित हुन्छु तर तपाई नि ? भनेर सोध्नु भएको छ ।

त्यस्तै अभियानका ईन्चाज तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता छिमी लामाले पार्टीले जुम्लामा आफुलाई ३ महिने अभियानका लागि पठाईएको मात्रै हो तर अभियानको साथ स्थानीय स्तरका नेताहरुले मात्रै गर्नुपर्ने बताए ।उनले जुम्ला मात्रै नभई धेरै स्थानमा पार्टी भित्रै समस्या भएकाले समस्याको सामाधान गर्न आवश्यक हको छ ।उनले अभियानको केन्द्र र प्रदेश पार्टीको स्पष्ट तालिका छ । तिन महिने अभियान यहि १६ गते देखी मंशिर १५ गते सम्म संचालन गरिने छ । अभियान वडा तहबाट शुरु गरिने छ । वैठकमा नेकपा माओवादी पार्टीको रुपान्तरण अभियान, केन्द्र र प्रदेशका निर्णय तथा प्रतिवेदनत पढेर सुनाईएको छ । प्रदेश कमिटि सदस्य भवानी प्रसाद अधिकारीले प्रस्तुत गरेका थिए ।

यि हुन माओवादी अभियानका ईन्चार्ज
माओवादी केन्द्रीय समितिको निर्णयले कर्णालीभरी अन्तरजिल्ला पालिका स्तरमा ईन्चार्ज खटाएको छ,।केन्द्रीय समितिलाई पालिकामा र प्रदेश किमिटिलाई वडा तहमा खटाएको हो । घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने मुलनारा सहित जनता सँग विशेष रुपान्तरण अभियान कार्यक्रममा जिल्ला र पालिका स्तरका ईन्चार्ज खटाईएको छ ।

विस्तारित वैठकमा ईन्चार्जहरुले आफ्नो परिचय सहित अभियानको प्रतिवद्धता विषयमा धारण राखेका जिल्ला संयोजक विरबहादुर कुँवरले जानकारी दिए । त्यस्तै छिमीलामा जिल्ला ईन्चार्ज रहेका छन । भने नवराज न्यौपाने कनकासुन्दरी ,प्रभात चलाउने सिंजा गाउँपालिका, गोविन्द तिमिल्सिना हिमा गाउँपालिका, तिला गाउँपालिका ,झक्कु प्रसाद घर्ति , तातोपानी गाउँपालिका विरवहादुर रावत,गुठिचौर गाउँपालिका रत्न गाह ,पातारासी गाउँपालिका डा. कलबहादुर रोकाया र चन्दननाथ नगरपालिका विर्खबहादुर थापा पालिका ईन्चार्जहरु रहेका छन ।

सम्बन्धित समाचार