जुम्ला ः सिंजाको केदारनाथमा स्थानीय सरकारले भब्य महोत्सव शुरु गरेको छ । सिंजा गाउँपालिकाले वडा ४ स्थित बारेगाउँमा रहेको केदारनाथ महोत्सव आयोजना गरेको हो । महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले गरेका हुन । मन्त्री विसीले केदारनाथको भूगोलमा आएर अवलोकन गर्न पाउदा खुशी व्यक्त गरेका छन । उनले भने, कर्णाली सरकारले यहाँको धार्मिक पर्यटनलाई प्रर्वर्धन गर्ने कार्यक्रममा प्रथामिकता दिईने छ । उनका अनुसार सिंजाको सस्कृति र ईतिहासलाई बचाउन र संसार सामु पुरयाउन यस क्षेत्रमा पूर्वाधार आवश्यक छ ।
मन्त्री विसीले जुम्लाको कला, सस्कृति र ऐतिहासिकता झल्काउने यस धार्मिक महोत्सवबाट कर्णालीलाई मष्टो सस्कृतिको प्रवर्धन गर्ने सिकाई हुने भन्दै सिंजा गाउँपालिकालाई आमन्त्रणका लागि विशेषआभार ब्यक्त गरे ।
त्यस्तै महोत्सवका विशिष्ट अतिथि कर्णाली सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माले जुम्लाको उत्पादनले कर्णालीको पहिचान भईरहेको बताए । उनले जुम्लाको रैथानेवाली मार्सीधान, चिनु, कागुनु, स्याउ सिमी उत्पादन गुणस्तर भएमा व्यापारको व्यवस्था कर्णाली सरकारले गर्ने बताए । उनले भने, सिंजा सभ्यता भित्र यहाँको रैथाने वाली र कृषि क्षेत्र पनि पर्ने भएकाले कृषि उत्पादन र पर्यटनमा राज्यलाई ठूलो सहयोग पुग्ने छ । मन्त्री शर्माले यस अवसरमा भर्दौ १० गतेका दिन स्याउ दिवशको उद्घाटन समेत गरेका छन ।
त्यस्तै कर्णाली प्रदेस सरकारका उपसभामुख यशोधा न्यौपानेले पवित्र धार्मिक स्थल केदारनाथलाई संसार सामु चिनाउन आवश्यक रहेको बताइन । उनले कर्णालीका धार्मिक पर्यटन क्षेत्रको निति संरचना निमार्णको लागी पहल गर्ने बताइन ।
त्यस्तै सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले हामी वर माग्न वा विभिन्न धार्मिक आस्थाका लागि यहि केदारनाथमा आउछौँ । त्यसैले यसपटक गाउपालिकाले आफ्नो तिर्थलाई प्रवर्धन गर्नका लागि केदारनाथ महोत्सवको गरेको हो । उनले भने,यस महोत्सवमा आई प्रतिवद्धता जनाउने प्रदेश सरकार मन्त्री सहित सवै अतिथि र स्थानीय भक्तजनलाई धन्यवाद गरेका छन । उनका अनुसार भदौ १० गतेबाट शुरु भएको महोत्सव ३ दिन चल्ने छ ।
पहिलो पटक स्थानीय सरकार आयोजक वनेर शुरु गरिएको यो पहिलो महोत्स हो । (बुदुबदी) केदारनाथमा त्यहाँ वर माग्ने, गौजो काट्ने र एकादशिका दिनमा भारा नुहाएर अन्य मन्दिरमा लिने यहाँको महत्व छ ।
महोत्सवमा हजारौको संख्यामा नागरिकहरु र भक्तजनहरुको सहभागीता रहेको छ । होत्सवमा स्थानीय रैथाने वाली, स्याउ, राडिपाखी, स्थानीय उत्पादनका खानाहरु राखिएका छन् । महोत्सवमा खस सस्कृति प्रमुख नाच देउडा, धामी नाच, आधुनिक नाच, खस सस्कृतिको नाटक सहित ईन्द्रेणीको टिमको मनोरञ्जन झल्काईएको थियो ।महोत्सवमा जुम्ला जिल्लाका स्थानीय तहका प्रमुख उप÷प्रमुखहरु, राजनैतिक दलका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे सहित कार्यालय प्रमुख र संचारमाध्यामको वाक्लो उपस्थिति रहेको छ ।