परम्परागत साँस्कृतीलाई रोजगारी संग जोडन आबश्यक छ : मन्त्री शर्मा

जुम्ला : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले कर्णाली प्रदेशको परम्परागत संस्कृति, उत्पादन र रोजगारी परीपुरक भएको बताए ।जुम्ला जिल्लाको सिजा गाउपालिका द्वारा आयोजना गरिएको ऐतिहासिक सिजा केदारनाथ महोत्सव २०८० को बिशिस्ट अतिथि कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शर्माले सभालाई सम्बोधन गर्दै कर्णाली प्रदेश भित्र रहेका परम्परागत साँंस्कृतीलाई संरक्षण गरी रोजगारी संग जोड्न सकिने बताएका हुन ।

उनले भने, अहिले कर्णाली प्रदेशमा रैथाने सांस्कृतका रुपमा रहेका महत्त्वपूर्णतिर्थस्थलहरुलाइ पर्यटकीय गन्तवयका रुपमा बिकास गर्न कर्णाली प्रदेश सरकार तयार छ । मन्त्री शर्माले साँस्कृतीको संरक्षण र प्रबोधन गर्न सकेको खण्डमा कर्णालीको जीवन ब्यबहार रुपान्तरण हुने बताए ।उनले भने ,‘ठुलाठुला सहरमा सिस्नो ढिडो,फापरको ,रोटी मार्सी धान को माग बढेको छ । किसानले उत्पादन गरेको खण्डमा बजारको समस्या भए प्रदेश सरकारले पहल गर्ने छ ।

कोदोको रोटी, फाफर,जौ,लठ्ठे कागुनो,खान पाईने र उत्पादन हुने एक मात्रै कर्णाली प्रदेश भएकोले यसलाई सांस्कृति रुपमा बिकास गरी आयआर्जन गर्न सकिने दाबी गरेत्यस्तै कर्णालीले अहिले जे बिक्री गर्छ मुल्यवान बस्तु नै बिक्री गर्छ भन्ने कर्णाली किसानको सम्पदाको रुपमा मुल्यवान लोगो कर्णाली प्रदेश सरकारले सार्वजनिक गरी अन्तर्राष्ट्रिय बजारीकरण गर्न प्रदेश सरकारका मुख्यमन्त्रीको भ्रमणमा यसै बिषयमा केन्द्रीत भएको बताए ।
मन्त्री शर्माले जुम्ली स्याउको काँचो बिक्रीवितरण बजारमा भएको संसदमा गुनासो भए लगतै कृषि बिकास कार्यालयमा निर्देशन गरी बिक्रीवितरण अनिवार्य सिफारिस लागू गरीप् काँचो स्याउ बिक्रीमा रोक लाएको बताए । उनले भने, यही भदौ १० देखि बिक्रीवितरण खुल्ला गरेको हो ।

कृषि मन्त्री शर्माले जुम्ली घोडा संरक्षण र भेडापालनमा बजेटको ब्यबस्था गरेको र अहिले गोठालो भत्ताबाट भेडा ब्यबसायलाइ प्रबर्द्धन गर्न प्रदेश सरकारले पकेट क्षेत्र नै निर्धारण गरेको छ । सम्बोधनमा मन्त्री शर्माले सल्यान जिल्ला र जुम्ला जिल्लाको राजनैतिक र धार्मिक सम्बन्धले पहिले देखिको रहेको बताए ।

यस्तै जुम्लाको सिंजा गाउपालिकाले गरेको केदारथान ख महोत्सव पर्यटकीय क्षेत्रको हिसाब ऐतिहासिक र महत्त्वपूर्ण टेवा पुग्ने छ । यो महोत्सवले केदारनाथ महोत्सवबाट केदारनाथ भ्रमण गर्न भारतमा हैन कर्णालीको जुम्ला जिल्लामा जानु पर्छ भन्ने सन्देश दिएको छ ।  मन्त्री शर्माले सिजा केदारनाथ पर्यटकीय क्षेत्रको बिकासमा प्रदेश सरकारको तर्फबाट तिबद्धता जाहेर गरे । उनले भने, सतिदेवीको दायाँ हात सिजाको केदार नाथमा पतन भएको र सतिदेवीको दाया करङ सल्यान लक्ष्मीपुरमा र अरु बाँकी सम्पूर्ण अंङ्ग छत्रेश्वरी मन्दिर सल्यानमा पतन भएको स्वस्थानी व्रत कथामा उल्लेख हनुले पनि सल्यान र जुम्लाको धार्मिक सम्बन्ध नजिक रहेको बताए ।

सम्बन्धित समाचार