जुम्ला ः जुम्लामा एक बाढीले बगाउदा एक महिला बेपत्ता भएकी छन । जुम्लाको पातारासी गाउँपालिका वडा नम्वर ५ माथि लोर्पाको घट्टेखोलाको बगाउदा ३५ वर्षकी पन्नीकली बुढा बेपत्ता भएकी हुन ।
पातारासी ५ को घट्टेखोलाको घट्टमा पिठो पिस्न गएको बेला बाढीले बेपत्ता बनाएको डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक वुद्धी साउदले बताए । उनका अनुसार यस क्षेत्रमा घट्टमा गएकी महिला एक्कासी घट्टेखोलामा भिषण पानी पछिको बाढिले बगाई बेपत्ता भएकी हुन् । यस क्षेत्रमा ५,६ वटा घट्ट पनि बगेका छ्न । उनले भने, अरु कुन ठाउका के क्षेती भयो भनेर जानकारी लिने कार्य भइरहेको छ ।