जुम्लामा हिंसा पीडित महिलालाई खाद्यन्न सहयोग गरिएको छ । तिला गाउँपालिका – १ रारालिहिकी २७ वर्षीया शान्ति नेपालीलाई इन्सेकले जुम्लामा गठन गरेको सिफारिस संयन्त्रको पहलमा गैरसरकारी संस्था आइएनएफ जुम्लाले सहयोग गरेको हो । नेपालीलाई दैनिक उपभोग्य सामग्री सहयोग प्रदान भएको छ ।
हिंसापीडित महिलालाई इन्सेक, सिफारिस संयन्त्र, आवाज र नेपाल पत्रकार महासंघ शाखा जुम्लाको पहलमा आइएनएफ जुम्ला राहत सामग्री प्रदान गरेको हो ।चामल २५ किलोग्रामको दुई प्याक, मासको दाल ४ किलोग्राम, मसुरोको दाल ४ किलोग्राम, हात धुने साबुन ४ वटा, कपडा धुने सावुन ४ वटा र खाने तेल ५ लिटर सहयोग प्रदान भएको सिफारिस संयन्त्रका संयोजक तथा पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए ।
त्यस्तै हिंसा पीडित महिला नेपालीलाई कानुनी प्रक्रियामा जन इन्सेकले ७ हजार रुपियाँ सहयोग गरिएको इन्सेक जिल्ला
प्रतिनिधि मानदत्त रावलले बताए । उनले भने, हिंसापीडित महिलाले पतिसँग सम्वन्ध विच्छेद गर्नका लागि कानुनी प्रक्रियामा जान खोज्नु भएको थियो ।इन्सेकको कानुनी प्रक्रियामा जान सहयोग गरेपछि जिल्ला अदालत जुम्लामा उनलेसम्वन्ध विच्छेदको मुद्दा दर्ता भएको थियो । ज्यान बचाउनै मुस्किल भएपछि ०७९ फागुन २० गतेदेखि दिदी मनशोभा परियारको घरमा आश्रय लिँदै आएको बताइन । ‘पतिदेखि आजित भएर सम्बन्धविच्छेदका लागि जिल्ला अदालत जुम्लामा ०७९ चैत २७ गते मुद्दा दर्ता गरेको छु,’ उहाँले भन्नुभयो । उहाँ पति जंगे नेपाली भारतमा बस्दै आएका छन् ।
पतिसँग सवन्ध विच्छेद हुने गरी ०८० असार १० गते जिल्ला अदालत जुम्लाका न्यायधिस विष्णुप्रसाद गौतमको इजलासले फैसला गरेका हुन । पतिसँग मासिक ७ हजार रुपियाँ खर्च बापत माग गरेपनि अदालतले मासिक ५ हजार रुपियाँ प्रतिवादीले भराउने गरी अदालतले फैसला गरेको हो । शान्ति नेपालीका बालबच्चालाई पालन पोषणका लागि मासिक खर्च पाँच हजार रुपियाँ अदालतले भराउने फैसला गरेपनि फैसला कार्यन्वयनमा आउने अवस्था देखिएको छैन ।पतिसँग सबन्ध विच्छेदपछि शान्ति नेपाली दुई बच्चासहित दिदिको घरमा बस्दै आउनु भएको छ । सम्वन्ध विच्छेदपछि दुई बालबच्चाको पालनपोषण र स्वाथ्य शिक्षाका लागि समस्या छ ।