जुम्लामा महिला तथा बालबालिका हराउने क्रम बढ्दै

जुम्ला ः जुम्लामा महिला र बालबालिका हराउने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्माराज जोसीका अनुसार आर्थिक वर्ष २०७९ ÷८० मा ३ ० महिला १४ बलक र २४ बालिरका हराएको तथ्याङ छ ।
त्यस्तै आर्थिक वर्ष २०७९ ÷८० २९ महिला ,१४ बालक २२ बालिका गरी ८८ जना फेला परेका छन् । त्यस्तै एक महिला र दुई बालिका र एक महिला अझै फेला परेका छन । जुम्ला प्रहरीका अनुसार हराएमा खोजीका लागि प्रहरीलाई खबर गरे पनि कतिपयले भने भेट्टाउँदा खबर नगर्ने प्रवृत्ति रहेकाले पनि तथ्याङ्कमा तलमाथि हुने गरेको हो ।

विभिन्न प्रलोभनमा पारेर महिला तथा बालबालिकालाई घरपरिवारबाट सम्पर्क टुटाएर काममा लगाउने, बाहिरी मुलुक लैजाने, महिला पारिवारिक समस्याका कारण तथा श्रीमान्, वैदेशिक रोजगारका क्रममा गएका र घरमा श्रीमतीले पैसा हिनामिना गरेर घरबाट हिँड्ने गरेकाले पनि यस्तो समस्या पछिल्लो समयमा बढ्ने गरेको छ ।

सम्बन्धित समाचार