नदीले बगाउँदा बालुवा उर्तान गएकी एक किशोरीको मृत्यु

जुम्ला ः नदिले बगाउदा जुम्लामा एक किशोरीको मुत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका –६ की मैना सार्कीको बालुवा उतार्ने क्रममा नदिदे बगाउदा मुत्यु भएको हो । मृत्यु हुनेमा कनकासुन्दरी –६ दाँतेओखर गाउँका कात्तिके सार्कीकी अन्दाजी १८ ÷ १९वर्षकी छोरी मैना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोसीले बताए ।

उनका अनुसार मृतक किशोरी हिमा नदीको बालुवा उतार्ने क्रममा साढे एक बजेको समयमा नदिले बगाएको हो । नदीको बहाव अध्यधिक बढेको हुनाले किशोरीको मुत्यु भएको छ । ’मृतक किशोरी पाण्डवगुफा मावि कोटघरमा १० मा अध्ययनरत छात्रा भएको बताइएको छ । प्रहरीका अनुसार मुचुल्का गर्नको लागी जिल्ला बाट प्रहरीको टोली घटना स्थालमा गइसकेको छ ।

सम्बन्धित समाचार