सुन तस्करीमा महरा दोषी पुष्टि भए हत्कडी लगाए हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीमा संलग्न भएको पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि नछोड्ने बताएका छन्।

सोमबार पार्टीको बागमती प्रदेश समितिको पाँचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सुन तस्करीमा केही नेताहरुको नाम जोडिएको कुरा चर्चामा आएकाले कसैलाई छुट नहुने बताएका थिए ।

‘महराजीको र उहाँका परिवारका सदस्यहरुको बारेमा मिडियामा आइरहेकै छ,’ प्रचण्डको भने, ‘उहाँको नाम छ भने जोगाउन पर्दैन। कारबाही गर भनेर भनेका छौँ।’

‘खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु, आफ्नो पार्टीको, आफ्नो परीवारको भनेर कसैलाई पनि छाडिँदैन।’

प्रचण्डले अहिले सरकारले चलाइरहेको भ्रष्टाचार विरोधी अभियानले सरकारलाई कुनै समस्या नपर्ने दाबी गरे।

‘भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने कुरा बिल्कुल सहि होइन । सरकार बिल्कुल ठिक ठाउँमा छ, सुरक्षित छ,’ उनले थपे।

माओवादीले भदौ १६ गतेदेखि सुरु गर्न लागेको विशेष अभियानको तयारीका लागि सबै प्रदेशमा बैठक र भेला सुरु भएका छन्।

‘भेपमा लुकाएर ९ किलो सुन ल्याएको आरोपमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरुको पटक पटक टेलिफोन सम्पर्क देखिएको सीआईबीले जनाएको थियो ।

 

 

सम्बन्धित समाचार