जुम्ला ः जुम्लाका महिला आफ्नो घरभित्रको काम, परिवारको रेखदेख र निर्वाहमुखी खेती प्रणालीमा ठिक छन । हाम्रा दिदीबहिनी, आमा चौका चुलोभित्रै सीमित हुने हुदा बालबालिकामा समेत बुपोषणकाृ दर बढेको पाइन्छन । त्यस्तै गुठीचौर गाउँपालिका – २ मुरुल्ली गाउँका २४ वर्षीय हरिलाल बुढा ४ वर्षीया छोरी स्याहार्दा आएका छन् । एक वर्ष नपुग्दै श्रीमति (छोरीकी आमा) ले अर्काे विवाह गरेर घर छोडेपछि छोरी स्याहार्दै आएका हुन् । छोरीलाई अहिले आमा बुवाको माया ममता हरिलाल नै दिदै आएका छन् ।
एक वर्ष नपुग्दै छोरीलाई आमाले छोडेपछि सानैमा दुध खान पाइनन् । अहिले छोरीलाई कुपोषण भएकी छन् । छोरीलाई दुई हप्तादेखि कर्णाली स्वास्थ्या विज्ञान प्रतिष्ठान जुम्लाको पोषण पुनस्थापना गृहमा भर्ना गरेका छन् ।
छोरी सानै हुदा आमाले छोडेर गएपछि गाईभैसी र बाख्राको दुध खुवाउदै अहिलेसम्म हुर्काउदै आएको उनले बताए । उनले भने घरमा गाईभैसी पनि पालेको थिइन । कति अर्कासँग गाईभैसी दुध मागेर खुवाउनु भनेर ज्याला मुजदुरी गरेको जम्मा गरेको १५ हजार रुपियाँ हालेर धेरै दुध दिने एउटा माल बाख्रो किने । एक थुन छोरीले खाने अर्काे थुन बाख्राको बच्चाले (बग्रेटो) खाने गरेको थियो ।
हरिलालको घर यहाँको मुखकाम खलंगादेखि पूर्वी विकट भेगमा पर्दछ । त्यो ठाउँमा अहिले कच्ची सडक भएपनि नियमित सवारी साधन सञ्चालन हुदैनन् ।खेतीयोग्य सिचाई हुने जमिन पनि छैन । आकाशे बर्षाको भरमा बालीनाली लगाउने भएकाले उत्पादन पनि बाह्रै महिना पुग्ने हुदैन । वर्षमा एउटा बाली आलु, सिमि, कोदो, कागुनो, सिमि, गहु जौ मात्रै उत्पादन हुन्छ ।
हरिलाल भन्छन् घरको उत्पादनले २÷४ महिना मात्रै खान पुग्छ । घरमा खेतीपाती गर्ने मान्छे पनि छैन । आमा छैनन् बुवा मात्रै छन् । बुवा पनि भाईसँग बस्छन् । भाईका परिवार छुट्टै बस्दै आएका छन् । मेरो घरमा एक छोरी र म मात्रै हो ।
अलि अलि घरको काम गर्ने, घरमा फुर्सद भएपछि ज्याला मजदुरी गर्ने गरेको थिए । छोरी विरामी (कुपोषण) भएपछि यतै पोषण सुधार तथा पुर्नस्थापना गृहमा बस्दै आएको छु उनले भने । यस अघि पनि दुई महिना यहाँ भर्ना गरेर केही सुधार भएपछि घर लिएर गए । अहिले दुई हप्तादेखि यतै छु । छोरी हातखुट्टा पेट सुनिएपछि फेरी अस्पताल ल्याएर आए । सिकित्सकले पोषण पुर्नस्थापना गृहमा भर्ना गरिदिनु भयो । छोरी चार वर्षकी भईन् । तोल ९ किलोग्राम मात्रै छ ।
त्यस्तै चन्दननाथ नगरपालिका – २ खोलीकोटकी २३ वर्षीया भावना बुढ्थापाले पनि एक वर्षको बच्चा पोषण पुर्नस्थापना गृहमा भर्ना गरेकी छन् । उनकी छोरीलाई कडा कुपोषण देखिएपछि पोषण सुधार तथा पुर्नस्थापना गृहमा भर्ना गरेकी हुन् । उनको एक वर्षको बच्चा ६ किलोग्रामको छ । बाथरोग भएका कारण बच्चालाई दुध खुवाउन मिलेन । उनले भनिन् जन्मेदेखि बच्चाले दुध खान नपाएपछि कुपोषण भयो । असार २२ गतेदेखि पोषण पुर्नस्थापना गृहमा भर्ना गरेको छु । त्यस्तै तातोपानी गाउँपालिका – १ राँका गाउँकी देबु महतले जुम्ल्याहा बच्चा पोषण सुधार तथा पुर्नस्थापना गृहमा भर्ना गरेकी छन् । ८ महिनाका ५÷५ किलोग्रामका जुम्ल्याहा बच्चा कुपोषित भएपछि उनले पोषण गृहमा भर्ना गरेकी हुन् । उनले असार २८ गतेदेखि भर्ना गरेकी हुन् ।
यहाँका ८ वटा स्थानीय तहमध्ये कनकासुन्दरी गाउँपालिकाको हाँडसिजा स्वास्थ्य चौकी र चन्दननाथ नगरपालिका स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पोषण सुधार तथा पुर्नस्थापना गृह सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानले सञ्चालन गरेको पोषण सुधार तथा पुर्नस्थापना गृहमा अहिले १२ जना आमाका १४ बच्चा भर्ना छन् । दुई जना आमाका जुम्ल्याहा बच्चा रहेका छन् ।
पोषण सुधार तथा पुर्नस्थापना गृहका व्यवस्थापक महेन्द्र हमालका अनुसार यहाँ बाजुरा, हुम्ला, मुगु, दैलेख, कालिकोट, डोल्पा र जुम्ला जिल्लाका बच्चा र आमाले सेवा लिदै आएका छन् । उनले भने गतवर्ष १२८ जनाले सेवा लिएका थिए । त्यस अघिल्लो वर्ष १३० जनाले सेवा लिएका हुन् ।
२०७८ फागुन १६ गतेदेखि यो पोषण सुधार तथा पुर्नस्थापना गृह सञ्चालनमा आएको हो । स्वास्थ्य मन्त्रालय अन्र्तगत पोषण महाशाखामार्फत सञ्चालित पोषण सुधार तथा पुर्नस्थापना गृहका लागिका चालु आर्थिक वर्षका लागि ४८ लाख बजेट विनियोजन भएको व्यवस्थापक हमालले बताए ।
गरिवि, अशिक्षा, अभिभावकले बच्चाको खानपानमा राम्रो हेरचाह र व्यवस्थापन नगर्दा बालबालिका कुपोषित हुने गरेको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायले बताए । उनले भने यो स्वास्थ्य चौकी अन्र्तगत २० जना क्षमताको पोषण सुधारगृह सञ्चालन गर्दै आएका छौँ । गर्तवर्ष यहाँबाट २० जना बच्चाले सेवा लिएका हुन् । यहाँ पोषणा सुधार हुन नसकेको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गर्ने गरिएको छ । गतवर्ष दुई वटा बच्चा रिफर गरेका थियौँ । पछि निको भएर घर फर्किए । यस चालु आर्थिक वर्षका लागि गाउँपालिकाले ६ लाख ५० हजार बजेट विनियोजन गरेको छ । अहिले कुपोषण बालबालिका स्क्रिनिङ गरिरहेका छौँ । भदौँ महिनादेखि भर्ना गरेर पोषणगृहमा उपचार गर्ने तयारी गरेका छौँ ।
त्यस्तै गतवर्ष जनस्वास्थ्य कार्यालय जुम्लाले यहाँका १५ वडाका ६–५९ महिना भित्रका ३७५ बालबालिकाको पोषण सर्वेक्षण गरेको थियो । जसमा पुड्कोपना ४५ दशमलव २ प्रतिशत, उमेर अनुसार काम तौल २० दशमलव ५ प्रतिशत, विरामीपना ३३ दशमलव ७ प्रतिशत र ख्याउटेपना ५ दशमलव ९ प्रतिशत रहेको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए । जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७९÷०८० मा मध्यम कुपोषण बालिका १८३ जना र कडा कुपोषण ५८ जना रहेका छन् । मध्यम कुपोषण बालक २०१ जना र ३७ जना रहेका छन् ।
गत आर्थिक वर्ष ०७९÷०८० मा नवजात शिशुको मृत्य संख्या जन्मेको ७ दिन भित्र २३ जना र ८–२८ दिन भित्र ५ जना रहेको छ । यस्तै स्वास्थ्य संस्था बाहिर जन्मेको ७ दिन भित्र १ जना शिशुको मृत्यु भएको तथ्यांक रहेको छ । आर्थिक वर्ष ०७८÷०७९ मा प्रसुति अवस्था एक जना मातृ मृत्यु भएको जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांक रहेको छ ।
पोषण क्षेत्रमा लगानी न्यून
त्यस्तै कर्णालीका स्थानीय तहहरूले पोषणका क्षेत्रमा एक प्रतिशत भन्दा कम बजेट छुट्याएको पाइएको छ । कर्णाली प्रदेशले राष्ट्रिय स्वास्थ्य नीतिको सिको गर्दै ‘प्रदेश स्वास्थ्य नीति–२०७६’ ल्याएको छ ।
यो नीतिको बुँदा ५.१५ मा ‘प्रदेश वासीको पोषण अवस्थामा दिगो सुधार गर्न स्थानीयस्तरमै उत्पादन हुने स्वास्थ्य प्रवर्द्धक रैथाने खाद्य वस्तुको प्रयोग र पहुँचलाई बिस्तार गरिने,’ भनिएको छ । तर यो नीति अहिलेसम्म कार्यान्वयनमा आएको छैन । विकासमा पछाडि परेको कर्णाली प्रदेशमा बहुसङ्ख्यक जनसङ्ख्या गरिवीको रेखामुनि छन् । कर्णाली आर्थिक रूपमा विपन्न र सामाजिक हिसाबले पिछडिएको ठाउँमा पर्छ । केही वर्ष यता कर्णालीमा कुपोषणको दर पनि निकै डरलाग्दो गरि बढिरहेको छ ।
नेपाल जानसाङ्खिक स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ अनुसार कर्णालीमा पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपन, १८ प्रतिशत बालबालिकामा कमतौल र ४ प्रतिशत बालबालिकामा ख्याउटेपन रहेको छ ।
यस्तै, पाँच वर्षमुनिका ४० प्रतिशत बालबालिकामा रक्तअल्पता रहेको तथ्याङ्क छ । १५ देखि ४९ वर्षका २१ प्रतिशत किशोरी तथा महिलामा पनि रक्तअल्पता हुने गरेको छ ।यो तथ्याङ्कले कर्णाली प्रदेशमा कुपोषणको समस्या विकराल रहेको देखाउँछ । कर्णालीमा कुपोषणको अवस्थामा सुधार ल्याउन तत्कालै कुपोषित बालबालिक