श्रंखलाबद्द आगलागी गर्ने ब्यक्ति प्रहरीको हिरासत्तमा


जुम्ला : विगत केही दिन यता जुम्लामा घटेका श्रंखलाबद्द आगलागी लगायतका अपराधिक घटना घटाउने ब्यक्तिलाई प्रहरीले सार्वजानिक गरेको छ ।जुम्लामा एक पछि आर्को गर्दै आगलागीका घटना घटाउने रत्नप्रसाद अधिकारीलाई प्रहरीले मंगलबार पत्रकार भेटघाट गरी सार्वजानिक गरेको हो । जुम्ला प्रहरीका अनुसार उनी गुठीचौर गाउँपालिका ४ स्थायी घर भएका हाल चन्दननाथ नगरपालिका एक भण्डारी वाडामा रहेको ससुरालीमा बस्दै आएका अन्दाजी ३० वर्षका रत्न प्रसाद अधिकारी हुन । जुम्ला प्रहरीका अनुसर २०८० असार २६ गते गुठिचौर गा.पा.–४ बालु स्थित कृष्ण बहादुर अधिकारी घर अगाडि पार्किङ गरि राखेको अटोमा आगो लगाएका थिए ।

कृष्णबहादुर अधिकारीसँग रिसिबीई साँध्न अटोमा आगो लगाएको अनुसन्धानमा खुल्न आएको जुम्लाका प्रहरी नायव उपरिक्षक प्रल्हाद कार्कीले बताए । उनले भने, ’हामीले कृष्ण बहादुर अधिकारीलाई सोध्दा एक पल्ट चामलको विषयलाई लिएर पहिले विवाद भएको समेत बताए ।
प्रहरी हिरासत्तमा रहेका अधिकारीले सबैभन्दा धेरै घटना २०८० साउन ०५ गते साँझबाट घटाउन सूरु गरेको देखिन्छ । प्रहरीका अनुसार त्यो दिन सुरुमा चन्दननाथ –१ डुडाखोज स्थित रतन बहादुर बुढाको घरको दोश्रो तलाको बारदलीमा झुण्डाइएको डस्नामा राती ११ बजे आगो लगाएका थिए। सोही दिन गुठीचौर –४ बिगारे बस्ने वर्ष ५६ को भिम प्रसाद घरको भुई तलामा राखेको गँहुको भुसमा राती ११ः५५ बजे आगो लगाएको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमा सार्वजानिक गरेको प्रेस नोटमा उल्लेख गरिएको छ । त्यस पछि राती ०१ः०० बजे गुठीचौर –४ खल्लावाडाका लाल चन्द्र सार्कीको ढुंगा माटोले घरको भुई तलाको गोठभित्र रहेको सुकेको घाँसमा आगो लगाए।

सोही राति ०१ः०० बजे गुठीचौर –४ डाँडावाडा (क) का ५९ को कविदत्त न्यौपानेको घरको भुई तलाको आगनको झ्याल नजिकै रहेको खाटमा डस्ना, आगो लगाई झ्याल र बारदलिमा क्षति गरे।राति ०१ः३० बजे गुठीचौर ४ डाँडावाडा (ख) का कविदत्त न्यौपानेको घरको काठको भर्याङ्गमा आगो लगाए। । राती ०१ः४५ बजे गुठीचौर –४ धवलपुराका खडानन्द पाण्डेको घरमा आगो लगाए भने ०१ः४५ बजे गुठीचौर–४ धवलपुराकै प्रेम प्रसाद न्यौपानेको घरमा आगो लगाए।

रातभरी आगो लगाउँदै हिडेका उनले ०३ः१५ बजे गुठीचौर –५ मा सडक स्तरोन्नतिको कामको सिलसिलामा पार्किङ गरि राखेको रारा तेन्जिन कन्ट्रक्सनको लु ५ त १२४४ नम्बरको ट्याक्टर आगजनी गरेको प्रहरीले बताएको छ। प्रहरी नायब उपरिक्षक कार्कीका अनुसार उनले श्रृंखलावद आगजनी गर्नुको कारण आफू गरिब भएकोले कसैले पनि ऋण, उधारो लगायत कार्यगर्न नपत्याउने भए पछि निराश भई यस्तो कार्य गरेको बताएका छन ।

त्यस्तै जुम्ला प्रहरीका अनुुसार जुम्लामा मिति २०८०।०४।०६ गते राती २२ः५५ बजेको समयमा जि.जुम्ला चन्दननाथ न.पा.–१ राना स्थित मुखमा कालो माक्स लगाएर साथमा अं.४ फिट लामो लाठ्ठी (मोटो) बोकेको व्यक्तिले स्थानीय सर्वसाधारणको घर घरमा गई ढोका ढकढकाई को छ घरमा ? यहाँ बास पाईन्छ कि ? भनि सोध्ने गरेको समेत खुलेको छ । उनलाई स्थानीयले घर कहाँ भनि सोधनि गर्दा मेरो घर आचार्यवाडा हो भने पछि स्थानीयले प्रहरी कन्ट्रोल १०० मा टेलिफोन गरी एक जना व्यक्ति मादक पदार्थ सेवन गरि हो–हल्ला गर्दै घर घरमा ढोका ढकढकाउने कार्य गरेको छ भनि जानकारी दिएका समेत दिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ ।

यस पछि प्रहरी टोली खटिई गई अधिकारीलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरी माथी समेत अपशब्द बोली साथमा भएको लाठ्ठीले प्रहार गर्न खोजी खोजेका थिए ।प्रहरीले उनलाई नियन्त्रणमा लिइ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत सार्वजनिक स्थानमा अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरेको समेत पाइएको छ । हिरासत्तमा रहेका अधिकारी आर्मीका जागिरे भएको र स्वास्थ्यका कारण उपादानमा छोडेको समेत पाइएको छ ।

यस्तो प्रहरीको रिपोर्ट

सम्बन्धित समाचार