जुम्ला : भारतको उत्तराखण्ड स्थित केदारनाथको गौरीकुण्डमा आएको पहिरोमा परि वेपत्ता भएका जुम्लाका ११ जनाको विवरण खुलेको छ । पातारासी गाउँपालिका वडा नम्बर ३ चौर गाउँका एकै परिवारका ७ जना सहित पातारासीका ११ जना वेपत्ता भएको जानकारी प्राप्त भएको हो ।
त्यस्तै पातारासी गाउँपालिका वडा नम्बर २ स्थित अस्थाई प्रहरी चौकीका अनुसार वेपत्ता भएका व्यक्तिहरु मध्य जुम्ला पातारासी गाउँपालिका २ पेरे गाउँका ५५ बर्षिय धर्मराज बुढा, बर्ष २४ को चन्ने कामी, पातारासी बर्ष ३० का अमर वोहरा, उनकी श्रीमति अनिता वोहरा, ११ बर्षकी छोरी सलिता वोहरा, ९ बर्षकी छोरी पिंकी वोहरा, ७ बर्षकी छोरी प्रिति वोहोरा, ४ बर्षको छोरा जटिल वोहरा र २ बर्षको छोरा ओकिल वोहरा रहेका छन् । प्रहरीका अनुसार पातारासी ३ का ३८ बर्षिय बम वोहरा, ४६ बर्षिय सुकराम रावत रहेका छन् ।
त्यस्तै उनिहरु वेपत्ता भई मृत्यू भएको आफन्तहरुले जानकारी दिएका प्रहरीले जनाएको छ । प्रहरीको तथ्यांक अनुसार उनिहरु वेपत्ता भएका भारतमा रहेका चन्द्र बुढा,फुलमाया बुढा,प्रकाश कामी, शुक कामी, निरु रावत, खर्क वोहरा व्यक्तिले टेलिफोनबाट जानकारी गराएका प्रहरीले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार घटना भएको थाहा पाएपछि निरन्तर घटनाको वारेमा बुझ्ने काम भएको बताए । यस वर्ष पातारासीले त्यो दुखत घटना सहित मुगु र हुम्लाको पाटनमा हिम पहिरोमा गरी ३ जना वेपत्ता भएका थिए । त्यो घटना नसेलाउदै फेरी भारतमा यति ठूलो विपत भएको छ ।