तिला गाउँपालिका छवडाद्धारा स्तनपान कक्ष सञ्चालन

जुम्ला ः तिला गाउँपालिका वडा नं.छले स्थानपन कक्षा संञ्चालन गरेको छ । शनिवार वडाले सार्वजानिक सुनुवाई कार्यक्रमका अवसरमा स्थानपन कक्षा स्थापना गरेको बताएको छ । वडाकार्यालले वडामा विनियोजित कुल बजेटको ९०.२३ प्रतिशत बजेट खर्च भएको तिला गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष जंङ्ग रोकायाले बताए । उनका अनुसार पञ्जीकरण सेवा तर्फ जन्मदर्ता,विवाह दर्ता,मृत्यु दर्ता,बसाई सराई लगायतका सेवा ४६ जनाले लिएका बताए ।

तिला–६ नम्बर वडामै स्तनपान कक्ष स्थापना गरी सञ्चालनमा ल्याईएको छ । विश्वव्यापी स्तानपान सप्ताह चलिरहेको अबसरमा वडा सेवा लिन आउने महिलालाई सहजता होस भन्नका लागी स्तनपान कक्ष सञ्चालनमा ल्याईएको तिलाको ६ वडाकार्यलयले जनाएको छ ।

सम्बन्धित समाचार