सुरक्षित कर्णाली अभियान : स्टिकर टाँस्दै जुम्ला प्रहरी

जुम्ला : जुम्लामा सुरक्षित कर्णाली प्रदेस अभियान अन्तरगत्त स्टिकर टाँस्ने आभियान सूरु भएको छ । कर्णाली कर्णाली प्रदेशलाई अपराध, दुव्र्यसनमुक्त बनाउने लक्ष्यसहित प्रदेश प्रहरीले सुरक्षित कर्णाली विशेष अभियान अन्तरगत्त जुम्लाका प्रत्यक घरघरमा स्टिकर टाँस्न थालिएको हो । प्रदेश प्रहरीले सुरक्षित कर्णाली विशेष अभियान २०८० कार्ययोजनासमेत निर्माण गरेको छ।
जसमा जुम्लाका आठ वटा स्थानीयतहका २४ हजार २ सय १३ वटा घरदुरीका मुल ढोकामा स्टिकर टाँस्ने कार्यक्रम आइतबारबाट सूरु गरिएको जुम्लाका प्रहरी निरीक्षक याम बहादुर बुढा मगरले बताए । उनका अनुसार “तपाईको खबर, सबैको सुरक्षा भन्ने मुल नारा सहितको सुरक्षित कर्णाली प्रदेश अभियान २०८० अन्तरगत्त यो कार्यक्रमको सूरुवात गरिएको छ । उनले भने, यो स्टिकरमा तपाईले कुनै शंकास्पद चिजवस्तु वा गतिविधी देखेमा वा थाहा पाएमा वा तपाईलाई सुरक्षा सम्बन्धी कुनै समस्या परेको खण्डमा सहयोग लिनु परेमा कार्यालयको नम्बरमा सम्पर्क गर्नुहोला गसक्नु हुने छ भनेर लेखिएको छ ।
जसमा जिल्ला प्रहरी कार्यालय,जुम्ला ,जिल्ला ट्राफिक कार्यालय, जुम्ला ,एम्बुलेन्स, शवबहान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चन्दननाथ नगरपालकिाको दमकलको फोन नम्वरहरु लेखिएको छ ।जिल्ला प्रहरी जुम्लाका अनुसार नागरिकलाई दैनिक आबश्यकता पर्ने क्रियाकलापमा सहजता ल्याउनका लागी यस्तो कार्यक्रम गर्न लागीएको हो । प्रहरी निरीक्षक बुढा मगरका अनुसार अबका दिनमा जुम्लाका नागरिकलाई आगलागी ,बाढी पहिरो,झै झगडा, लगायतका बिषयमा कहाँ कसरी खवर गर्ने भन्ने कुराको दुविधा हुने छैन ।प्रहरीले सबै नागरिकको मुलढोका महत्वपुर्ण फोन नम्वर राखेर स्टिकर टाँसेको छ । यसले गर्दा सजिलै फोन सम्कर्प गर्न सक्ने छन ।

जुम्ला प्रहरीले सुरक्षित कर्णाली प्रदेस अभियान अन्तरगत्त सम्बन्धीत स्थानीयतह र सरोकारवालासंगको समन्वयमा जुम्लाका सबै स्थानीयतहमा स्टिकर टाँस्न थालेको छ । जस अन्तरगत्त आइतबार चन्दननाथ नगरपालिकामा सूरु गरेको छ।
जिल्ला तथ्याङक कार्यालय जुम्लाका कार्यालय प्रमुख रघुनाथ जोसीले २०७८को जनगणना अनुसार पातासरासी गाउँपालिकामा ३३सय ४२ ,गुठीचौरमा २४सय ४४ , कनका सुन्दरीमा २७ सय ५४ ,सिजामा २३सय ५४ ,तातोपानीमा ३३ सय १८ ,तिलामा २६सय ६७ ,हिमामा २१सय ६७ र चन्दननाथ नगरपालिकामा ५३ सय ६७ घरदुरी रहेको बताए । जुम्ला प्रहरीले सुरक्षित कर्णाली प्रदेस अभियान अन्तरगत्त स्टिकर टाँस्ने काम ६ महिना भित्र सक्ने कार्ययोजना रहेको बताएको छ ।

सम्बन्धित समाचार