काठमाडौं । ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मंगलबार पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरुमा भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुद्र बहादुर श्रेष्ठ र भौतिक मन्त्रालयका इन्जिनियर बालकृष्ण श्रेष्ठ रहेका छन्।
विजयकुमार गच्छदार भौतिक मन्त्री हुँदा इन्जिनियर श्रेष्ठ उक्त मन्त्रालयमा कार्यरत थिए। बालकृष्ण श्रेष्ठलाई बबरमहल र रुद्रबहादुर श्रेष्ठलाई चाबहिलबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।