काठमाडौं । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
‘मनाङ एयरको हेलिकोप्टर दुर्घटनाका मृतकहरुप्रति सरकारले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ मन्त्री शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘यसमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा एउटा छानविन समिति गठन गरिएको छ ।’
‘मन्त्रिपरिषद बैठकले धानको समर्थन मूल्य पनि तोकेको छ । ‘आज कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने काम भएको छ । अहिले मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ समर्थन मूल्य तोकिएको छ,’ मन्त्री शर्माले भनिन्, ‘यो पहिलाभन्दा साँढे २ सय रुपैयाँले बढी हो ।