काठमठाडौं । मंगलबार सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका( ५, भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परी पाइलट चेतबहादुर गुरुङसहित मेक्सिकन नागरिकहरू एबरिका गोन्जालेक्स, फर्नान्डो सिफुग्नेट्स, ओलासियो गोन्जालेज, रिनकन इस्माइल र मारिया होजे सिफुन्तेसको मृत्यु भएको हो ।
आजै उनीहरूको शव काठमाडौं ल्याइएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा परीक्षणका लागि ती शवहरू ल्याइएको हो ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका ५, भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटना भएको हो ।
मेक्सिकन नागरिकहरू माउन्टेन फ्लाइट गरेर काठमाडौं फर्किंदै थिए ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईका अनुसार हेलिकोप्टर रुखमा ठोक्किएर दुर्घटनामा परेको अनुमान छ ।
बिहान १० बजेर २ मिनेटमा सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।