जुम्ला : जुम्लामा नाबालिकालाई बन्धक बनाएर वेपत्ता बनाएको छ । जुम्लाको तातोपानी गाउँपालिकाकी १४ वर्षिया नाबालिकालाई त्यहि गाउँपालिकाका मुकेन्द्रे नेपालीले बन्धन बनाएर वेपत्ता बनाएका छन् । यहि १२ गते असारबाट बालिकालाई बन्धक बनाएर वेपत्ता बनाईएको हो ।
उक्त १४ वर्ष ५ महिना १२ दिनकी बालिकालाई वेपत्ता पारिएको घटना ढाकछोप गर्न र कानूनबाट बच्न केटाका आफन्तले जातिय मुद्दा बनाएर देशभरी प्रचार प्रसार गरिरहेका छन् । मिडियाहरुले पनि बालिकालाई बन्धक बनाएर वेपत्ता बनाएको घटना होइन कि घरमा आगो लगाएको विषयलाई मात्र समाचार बनाएर छाप्ने र प्रसारण गर्ने काम गरिरहेका छन् ।
१४ वर्ष कि बालिकाको अवस्था के छ कता छ भनेर समाज, मिडिया र राजनीतिक कर्मिहरु बेखबर छन् । बालिकाका आफन्तले प्रहरीमा खोजबिन गर्न निवेदन दिएको छ । तर अहिलेसम्म बालिका भेटिएकी छैन । बालिकाका दाईले आवेगमा आएर बालिका बन्धक बनाएर वेपत्ता बनाउनेको घरमा आगोलगाएको विषयमात्र चर्चामा रहेको छ । आगो लगाउने दोषि पक्राउ परेपनि बालिका बन्धक बनाउने मुकेन्द्रे नेपाली र उनको परिवार प्रति कसैको ध्यान छैन बालिकाकी आमा राज्यलक्षी गिरीले भनिन ।
त्यस्तै बालिकाका दाई हिक्मत गिरीले आफ्नो नाबालिका १४ वर्ष ५ महिना १२ दिनकी बैनीलाई पटक पटक तातोपानी ४ अन्दाजि २१–२२ वर्षका मुकेन्द्र नेपालीले दुव्र्यबाहार गर्दै आएको र यस पटक बेपत्ता गरीएकाले पीडा सहन नसेकेर उसको घरमा आगो लगाएको प्रहरीसमक्ष स्वीकारेका छन् । उनलाई कानुन अनुसार कारवार्हि हुने छ ।
आवेग र आक्रोशमा आइ कसैको घरमा आगो लागाउने कार्य गलत्त हो । हिक्मत गिरीले त्यो काम गलत्त गरेको प्रहरी अनुसन्धान बाट खुलेको छ । गिरीलाई कनुन अनुसार सजाय हुनै पर्छ ।याे घटना जातियतासंग जोडिएको छैन । नेपालको कानूनले युवा र युवतीको विवाह गर्नको लागि २० वर्ष तोेकेको छ । त्यो भन्दा कम उमेरका युवा युवतीले विवाह गर्न कानुनले बर्जित गरेको छ ।
१८ वर्षभन्दा कम उमेरकी नाबालिकसंग शारिरिक सम्बन्ध राखेमा कानूनत बलत्कार मानिन्छ । जुम्ला तातोपानीका ती बालिका अहिले १४ वर्ष ५ महिनाकी छन् ।
कानूनले नै अपराध मानेको काम गरेर नेपाली र उनका घरपरिवारले जातिय मुद्दा बनाएर मुख्य दोषिलाई उन्मुक्ति दिलाउने पंपञ्च गरेका छन् । एउटा १४ वर्ष ५ महिना १२ दिनकी बालिकालाई बन्धक बनाएर वेपत्ता पारेको छन् । उक्त घटना प्रति कसैले चासो दिएको छैन । यहाँसम्मकि पूर्वप्रधानमन्त्री बाबुराम भट्राईले पनि ट्वीटरमा घर जलाएको भिडियो शेर गरेर नाबालिकामाथि भएको जघन्य अपराध प्रति पुरै वेवास्ता गरेका छन् ।
मुख्य मुद्दा ओझेल पार्न जातिय मुद्दा बनाएर अहिले जिल्ला भरीमा प्रचार भइरहेको छ । हो घर जलाउनु गलत हो । कानूनले सजाय देला । तर मुख्य मुद्दा अपराध हो नाबालिका संग सहमतिमा नै भएपनि शारिरिक सम्बन्ध राख्नु । विवाह गरेर भागेका भनेका मध्येकी बालिका १४ वर्ष ५ महिनाकी छन् । उनीसंग विवाह गर्नु नै अपराध हो । केटा अन्दाजी २२ वर्षका भनिएका छन् । घरमा आग लगाउने व्यक्ति पक्राउ पर्दा नाबालिकालाई लिएर गएको युवाको अपराध किन समाजले र मिडियाले देखेको छैन ।
किन स्वतन्त्र भनिएको मिडिया नाबालिकासंग विवाह गरेको कुरा लेख्दैनन । कि अन्र्तजातिय विवाह भन्दै छन् । किन कि केटाका पक्षहरु सबै राजनीतिक र सामाजिक रुपमा पहँच भएका छन् । तर नाबालिकाका घरपरिवार गाउँका सोझा साझा छन् । उनको न राजनीतिक पहुँच छ न कुनै संघसंस्थामा पहँच छ । त्यहि भएर पनि सत्य घटनालाई ढाकछोप गर्न जातिय मुद्दा उचालेका छन् ।
पत्रकारका हेडलाइनले बनाइदिएको अन्तरजातिय बिहे
१४ वर्ष ५ महिना १२ दिनकी बालिकालाई हप्तौ दिन सम्म बन्धक बनाएर राख्ने जस्ता कार्य कहाँ कसरी अन्र्तजातिय विवाह भन्दै मिडियामा उचालेको प्रति बालिकाकी दिदि निशा गिरी दुखेसो पोख्छिन् । उनले भनिन् ‘१४ वर्षकी बालिकालाई बन्धक बनाएर वेपत्ता पारेको कुरा मिडियाले अन्र्तजातिय विवाह भन्दै आएका छन् । के यहि हो मिडियाको काम । सत्य तथ्य खोज्नु पदैन । हामी नै अन्यायमा परेका छौ अझै हामीलाई मिडियाले अपराधी भन्दै आएको छ । कसले बोली दिन्छ गरिबका बारेमा । यहि हो नियम कानून ।’
अहिले बिभिन्न पत्रपत्रिका,अनलाईनमा उनीहरु दुई वर्ष देखि प्रेम संम्बन्धमा थिए अनि अन्तरजातिय विवाह गरेको भनेर लेखिएको छ ।यसमा कुनै सत्यता नभएको नाबालिककी दिदि निशा गिरी बताउछिन् ।उनले भनिन्,‘दुई वर्ष अगाडी १२ वर्षकी थिइन । उनीहरुको प्रेम सम्बन्ध थिएन । अन्तरजातिय विवाहका कारण घर जलाइयो भनेर सबै मिडियाका हेडलाइन बनाएका छन् । तर १४ वर्ष कि नाबालिका कहाँ छ कस्तो अवस्थामा छ कसैले एक शब्द लेखेका छैनन ।’
उनले घर जलाएको विषयमा आफ्नो भाइ प्रहरीले पक्राउ गरेको तर वेपत्ता बैनीको बारेमा केहि पनि जानकारी नपाएको बताइन् । उनले भनिन्, ‘उ जिउँदो छ या मेरेको छ । कहाँछ कसैलाई थाहा छैन । पत्रकारले आफै अन्र्तजातिय विवाह मात्र होइन विवाह दर्ताको प्रमाण पत्र पनि बनाएर लेखेका छन् । बालिका बन्धक र बेपत्ता बनाउने कार्यलाई बढुवा दिनका लागी यस्तो गलत भ्रम फैलाउन मिडिया पनि लागेका छन् ।’
यसरी भयो घटना
नाबालिकाकी आमा जयलक्ष्मी गिरी अन्दाजी ४९ वर्षकी छन् । उनी बिगत आठ वर्ष देखि बिरामी छन् । कानको अप्रेशन गरिएको छ । नशा दुख्ने र पेट दुख्ने समस्या छ । दुखाइ कम गर्ने औषधी सेवन गर्दै आएकी छन् ।
यहि असार १२ गते उनको दुखाइ कम गर्ने औषधि सकिएको थियो । उनले औषधि ल्याउन छोरीलाई पठाइन । छोरी औषधि लिन मेडिकल पठाउदा अन्दाजि साँझको ४ बजेको उनी बताउछिन् । उनले भनिन्, ‘मेरी छोरी ४ बजे तिर तातोपानी ५ एैरेनीमा रहेको मेडिकलमा दुखाइ कमको औषधी ल्याउन गएकी हो । घरमा एउटा फोन थियो त्यही फोन लिएर गएकी हो । हामी घरपरिवारले साँझ ८ बजे सम्मको समयमा बाटो कुरेर बसेका थियौँ । औषधीलिन गएकी छोरी फकेर नआएपछि आफ्नो घरमा फोन थिइएन । पल्लो घरकी देवरकी छोरी बिमला गिरीको फोनबाट फोन गर्दा मेरो छोरीले बोकेको अफ थियो ।
त्यस पछि बालिकाका बुवा कैलो गिरी र उनका भतिज नाता पर्ने धन बहादुर महत राती खोज्न गए । त्यसपछि उनीहरु त्यहि समयमा (१२ गते ) ऐरेनी प्रहरी चौकीमा छोरी हराएको भनेर खवर गरेका तर निवेदन लिएर भोली आउनु भनेर फिर्ता पठाएको नाबालिका बुबा कैलाे गिरी बताउछन् । उनले भने, ‘छोरीले बोेकेको फोन अफ भएपछि चिन्ता लाग्यो । केहि छिन यता उती खोज्यौ । त्यसछि एैरेनी प्रहरी चौकीमा छोरी हराएको भनेर खवर गर्यौ । भोली निवेदन लिएर आउनु भनेर फिर्ता पठायो । तर छोरी अहिलेसम्म भेटका छैनौ ।
केटा पक्षका आफन्त बिहेमा दक्षिणा हालेका मेरो माइती हुन
आफूहरुले नेपालीको घरपरिवारसँग जातिय कुरा आजसम्म नगरेको नाबालिकाकी आमा बताउछिन् । उनले भनिन, ‘मुकेन्द्रका बाजे खोट्या सार्की र बुवा चन्द्र विर सार्कीले मलाई बिहे गरेर आउदा छोरी बनाएर दक्षिणा हालेका थिए । उनीहरुसंग मेरो कुनै जातिय कुरा छैन । मेरा उनीहरु माइती हुन ।’बालिकाकी आमा भोली पल्ट १३ गते बालिकाकी आमालाई एैरेनिमा रहेको मेडिकलमा ल्याए र औषधी गरेर घर फर्कन क्रममा नेत्र ज्योति मा.वि नजिकै आफुले नचिने दुई बालिकाले तिम्रो छोरीलाई मुकेन्द्र नेपालीले कुटेको कुरा सुनाएको बताउछिन् । उनले भनिन, ‘मैले नचिनेकी दुई नानीले छोरीलाई कुटेको कुरा सुनाए । विद्यालयको भान्सामा कामगर्ने संग बुझ्दा उनले पनि तिम्रो छोरी भनि नचिनेको तर मुकेन्द्र नेपालीले कुटेको सुनाएका थिए । ती भान्सामा काम गर्नेको नाम थाह छैन । त्यसपछि म वेहोस भएर स्कुल नजिकै भएको दनिमा ढलेछु ।’
बेहोस भएपछि उनका श्रीमान कैलाे गिरीले स्टेचरमा बोकर आधाबाटो हाँकु पुलसम्म ल्याए । कैलु गिरीले भने,‘छोरी मुकेद्रेले कुटेको कुरा सुनेपछि पिडा सहन नसकेर श्रीमती वेहोस भई । स्टेचरमा बोकेर हाँकुका पुल सम्म ल्यायौं । त्यसपछि गाउँपालिकाको एम्बुलेन्सले अस्पताल पुगाएर अहिलेपनि उपचार भइरहेको छ ।१३ गते जिल्ला प्रहरी कार्यालयमा छोरीको खोजीकार्यको लागी निवेदन दिए छु ।’
अन्र्तजातीय विहे भनेर समाचार बनेका छन तर मेरो सानी छोरीले भोगेको मानसिक तथा शाररिक यातना ओझलमा पारिएको कैलाे गिरी बताउछन् । उनले भने, ‘मुकन्दे्र नेपालीले लिएको हल्ला सुनेपछि उसको दाइ धिर नेपालीसंग म, अंगराज खत्री र धन बहादुर महत छोरीका बारेमा बुझ्न गएका थियौँ । बालिका भएकाले सम्पर्कमा ल्यायर सम्झाइ बुझाइ गर्ने भनेका थियौँ । जातिय हिसावमा कुनै गाली गरेका थिइनौँ ।’
त्यस्तै तातोपानी ४ वडामा दलित ब्रमाण र क्षेत्रि गरी ५सय ६४ घरदुरी रहेका छन । तातोपानी ४ का मुकेन्द्र नेपाली र नाबालिकाका दाजु हिक्मत गिरी एक वर्ष अगाडी देखिको दन्द्ध देखिन्छ ।
घर आगलागीको गरेको आरोपमा प्रहरी हिरासतमा रहेका २२ वर्षका हिक्मत गिरीका अनुसार उनकी नाबालिक बहिनीलाई मानसिक तथा शाररिक यातना दिदै आएको बताए । उनले भने, ‘एक वर्ष अगाडीको कुरा हो, मुकेन्द्र नेपालीले मलाई केटा जम्म पारेर कुटेका थिए । त्यतिबेला नै तेरी बहिनीलाई बलत्कार गर्छु भनेर धम्की दिएका थिए ।’
घरमा आगो जातिय हिसावले नभएर बहिनी बन्धक बनाएको र अहिलेसम्म पनि कहि कतै थाह पत्तो नहुदा रिसले लगाएको हिक्मत गिरी बताउछन् । उनले भने, ‘बहिनी बन्धक बनाएको आक्रोसले घरमा आगो लगाएको हुँ । घरबाट जादा आगो लागाउने हिसाबले गएको होइन । बैनीलाई त्यही लुकाइएको छकि भनेर हेर्न गएको हँ । तर त्यहाँ कोहि थिएनन् । दिमागले कामै गरेन आगोलगाउने मोडमा पुगे ।’
आगो लगाएको अपराधमा कानून अनुसार गिरीलाई सजाय हुर्ने जुम्ला प्रहरीले बताउदै आएको छ ।
यता घर आगलागी हुदा पीडित भएका मुकेन्द्र नेपालीका माइला दाई भरत नेपालीले घरमाा आगो लागाउनुको कारण जातिय विभेद भएको बताउछन् । उनले भने, ‘बालीका पक्षका सबै मिलेर आगो लगाएको हो । दोषिमाथी कानुन अनुसार कावार्हिहोस् ।’
भाई मुकेन्द्र को नाम नभएर भनेर आफ्नो नामा उजुरी दिएको भरत नेपाली बताछन् ।उनले भने, ‘मेरो भाइ अहिले २१ वर्षको भएको छ । यदि बालिका भगाएको प्रमाणमा देखिएको खण्डमा कानुनको दाहेरामा ल्याउन सहयोग गर्ने छु । म सामाजिक क्षेत्रमा काम गर्ने मान्छे हुँ । सबै भन्दा बढी बालविवाहा र बालिका हिंसा सम्बन्धीका मुद्दामा म आबद्ध भएको संस्था किर्डाक नेपालले उठाउदै आएको छ ।’
घरमा भएको आगलागीको घटनाको बारेमा एक जनालाई प्रकाउ गरी अनुसनधान भइरहेको जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशी बताउछन् । बालिका बेपत्ता भएको भनेर उनका बाबु कलो गिरीले असार १३ गते प्रहरीमा खोजीकार्यको लागी निवेदन दिएको र खोजी कार्यजारी राखेको जोशीले बताए ।
बालविवाह सम्बन्धी कानुनी ब्यवस्था
मुलुकी अपराध संहिता, २०७४ ले विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भनी व्यवस्था गरेको छ। उक्त ऐनमा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर हुने व्यवस्था छ। त्यस्तै बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। बालविवाह गर्ने गराउने कार्य दण्डनीय हुने व्यवस्था छ।
अपहरण वा शरीर बन्धक सम्बन्धी कानुनी ब्यवस्था
मुलुकी अपराध संहिताको परिच्छेद – १७ मा अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरको ब्यवस्था गरिएको छ । कसैले ज्यान लिने, कुटपिट गरी चोट पु¥याउने, जवर्जस्ती करणी वा अप्राकृतिक मैथुन गर्ने, मानिस बिक्री गर्ने वा दास बनाउने वा इच्छा बिरुद्ध जवर्जस्ती काममा लगाउने, वेश्यावृत्तिमा लगाउने, यातना दिने, कुनै काम गर्न वा गराउन बाध्य गराउने, रकम लिने वा प्रचलित कानून बमोजिम कसूर हुने अन्य कुनै काम गर्न लगाउने उद्देश्यले दफा २११ वा २१२ बमोजिमको काम गरे वा गराएको भए सात वर्षदेखि दश वर्षसम्म कैद र सत्तरी हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना र त्यस बाहेक अन्य उद्देश्यले गरे वा गराएको भए तीन वर्षदेखि पाँच वर्षसम्म कैद र तीस हजारदेखि पचास हजार रुपैयाँँ सम्म जरिबाना हुने छ ।
कहिले बन्छ छोरीको समाज
मलाइ आज भोली छोरीको आमा बनेकोमा पिडा महशसु हुन थालेको छ ।अचेल पत्रपत्रिका हेर्न निकै डर लाग्न थालेको छ । दिनदिनै बालिका बलात्कार फलानोको छोरी फलानोले भगायर लियो लगायतका खबर सुन्नै नसकिने। बिद्यालयमा अध्यायन गर्दै गरेका अबोध बच्चीहरूलाई समेत बलात्कार गरेर मार्ने गरेको नरपशुहरू खवर सुनिन्छ ।
घरभित्रै बलात्कार,आफन्तबाटै बलात्कार, जन्म दिने आफ्नै बाबुबाट बलात्कार अनि स्कुलमा पढाउने शिक्षकबाट हुन्छ भने कसरी बचाउने हामीले बालिका हरु ? आफू जन्मेको घरमा र आफूलाई जन्म दिने जन्मदाताबाटै असुरक्षित भएपछि अब कहाँ जाने हाम्रा छोरीहरू सुरक्षा खोज्न ?
बलात्कारप्रति हामी कोही पनि संवेदनशील हुन सकेका छैनौं ।बलात्कार सबैको साझा समस्या हो भन्ने कुरा हामीले अझै पनि बुझेनौँ ।मृत्युदण्ड र फाँसीको कानुन बनाउने कुरा चर्को स्वरमा गर्दैमा समाधान हुने विषय पनि होइन यो। बलात्कार र बलात्कारका प्रयाससम्बन्धी ८२ प्रतिशतभन्दा बढी अपराध आफन्त, छिमेकी, नातेदार तथा अन्य चिनेजानेकैबाट हुने गरेको छ ।
आफन्तबाट भएको भन्दै यस्ता आपराधिक क्रियाकलापलाई गुपचुप मिलाउँदै जाने हो भने पीडित झन् पीडित र पीडक झन हिंसक बन्दै जान्छन । पीडितको सबै अवस्था जतिसुकै कमजोर भए पनि बिनाभनसुन प्रहरीले उजुरी लिएर अनुसन्धान अगाडि बढाउन सक्ने वातावरण निर्माण गर्नु हामी सबैको साझा कर्तव्य हो। पीडक आफ्नै सन्तान भए पनि सजायको भागीदार बनाउन सक्ने अभिभावक बन्नुपर्छ ।