जुम्ला ः जुम्लाको चन्दननाथ र तातोपानी गाउँपालिकाले सुचना तथा संचारनिति बनाउने भएको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले सुचना तथा संचार नितिका लागि दुई बर्ष अघि देखी पहल गर्दै आईरहेको थियो । यस पटकको निति तथा कार्यक्रममा चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाले घोषणा गरेका हुन ।
त्यस्तै चन्दननाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सिताराम खड्काका अनुसार यस पटक संचार निति ल्याईएको बताए । उनले भने,’महांसंघको सूझाव नगरसभाले समेटेको बताए।
त्यस्तै तातोपानी गाउँपालिकाले पनि सुचना तथा संचारनिति वनाउने भएको छ । तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतका अनुसार तातोपानीको निति कार्यक्रममा सूचना तथा संचार निति ल्याउने घोषणा भएको बताए । एकिकृत रुपमा सूचना प्रवाह गर्न तथा सूचना र विज्ञापनलाई व्यवस्थित रुपमा अगाडि बढाउने उद्देश्यले सूचना निति वनाउन यस पटक पनि महासंघले पहल गरेको थियो ।पत्रकार महासंघले जिल्लाका १ नगरपालिका र ७ गाउँपालिकामा पत्रकारहरुलाई क्षमता विकास तालिम, संचार निति तथा नियमित सूचना प्रकाशन तथा प्रशारणका लागि पहल गरेको थियो ।
त्यस्तै महासंघका अध्यक्ष नेत्रबहादुर शाहीका अनुसार पत्रकारहरुको क्षमता विकासका लागि समेत पहल भईरहेको छ,। गाउँपालिकाले व्यवस्थित रुपमा संचार निति वनाएपछि संचार क्षेत्रमा काम गर्न सजिलो हुने देखिन्छ । यसले विज्ञापनमा समानुपातिक प्रणाली कार्यान्वयनमा जोड दिने भएको छ ।
यस पटक जुम्लाका सवै तहले असार १० गते नै निति कार्यक्रम ल्याएका छन् । जुम्लाको चन्दननाथ नगरपालिकाले ५५ करोड, १० लाख, ८० हजारको बजेट ल्याएको छ । यस्तै तातोपानी गाउँपालिकाले ४९ करोड, २७ लाख ३१ हजार २ सय, कनकासुन्दरी गाउँपालिकाले ४८ करोड २९ लाख, ४३ हजार ८ सय ८१, तिलाले ४४ करोड, ९२ लाख, ८४ हजार, पातारासी गाउँपालिकाले ४० करोड, ४५ लाख ३७ हजार, हिमा गाउँपालिकाले ३९ करोड ९७ लाख ४८ हजार र सिँजा गाउँपालिकाले ३७ करोड ३९ लाख २० हजार ३ सयको बजेट ल्याएका छन् ।