जुम्ला ः जुम्लाको बाजाँगाड गाउँका सवै घरधुरीमा खानेपानी धारा निमार्ण भएको छ । जुम्लाको हिमा गाउँपालिका ५मा रहेका १३६ घरधुरीमा पानी धारा निमार्ण भएका हुन ।त्यस्तै यूरोपियन यूनियन, फिनल्याण्ड सरकार र हिमा गाउँपालिकाकाबाट प्राप्त आर्थिक सहयोगबाट एक घर एक धाराको परियोजना लागु गरेको भएको थियो ।
त्यस्तै बाजागाडगाउँका सवै घर अर्थात १३६ घरधुरीमा धारा पुगेको स्थानीय सरकारले घोषणा गरेको समेत गरेको छ ।हिमा गाउँपालिकाअध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले सवैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता (सुस्वा) परियोजनाले सबैको घरमा धारा पुगेको बताए । खानेपानी सबै नागरिकको दैनिकी संग जोडिएको बिषय भएकाले घरघरमा धारा पुगाउनु सरकारको पनि पहिलो दात्यिव हुने बताए । उनले गाउँपालिका खानोपानीको कमी भईरहेको वाजागाड गाउँमा यसरी सवै घरधुरीमा खानेपानी पुरयाउन सहयोग गर्ने नेपाल सरकार र सहयोगी निकायलाई धन्यवाद दिए । उनका अनुसार हिमाका सवै गाउँमा एक घर एक धाराको लागि काम भईरहेको छ । सोही परियोजना अन्तरगत वडा नम्बर १ को बड्की गाउँ र वडा नम्बर ७ को डाडावाडाका सवै घरधुरीमा यस बर्ष पानी ल्याउने योजना रहेको हिमा गाउँपालिकाले जनाएको छ ।
त्यस्तै हिमा गाउँपालिका सुस्वावासका संयोजक समित्रा शाहीले गाउँमा ९सय ३९ जनसंख्या रहेको छ । उनका अनुसार वि.सं २०७९ फागुन ४ गते सम्झौता गरिएकोमा लक्ष्य अनुसार काम सम्पन्न भएको हो ।शाहीका अनुसार फिनल्याण्ड सरकार र यूरोपियन यूनियनको रु ७६ लाख ७ हजार सात सय ८६ रुपैया १६ पैसा लगानीमा वाजागाडा गाउँका १३६ घरमा खानेपानीको धारा पुरयाईएको छ । सो खानेपानी आयोजनामा हिमा गाउँपालिकाको रु ७ लाख ६७ हजार ७ सय ८६, श्रमदान रु १४ लाख ५८ हजार सात सय ९४ रुपिया रहेको छ । उनले भनिन,’ वि.सं २०७९ फागुन ४ गते सम्झौता गरिएकोमा लक्ष्य अनुसार काम सम्पन्न भएको हो ।
हिमाको वाजागाड गाउँमा सवै घरमा पानी आएपछि स्थानीय खुशी भएका छन् । ७,८ वटा धारा थिए । अहिले सवैघरमा धारा भएपछि खानेपानी प्रयाप्त भएको छ ।त्यस्तै उपभोक्ता समितिका अध्यक्ष अलिबहादुर रोकायाका अनुसार सवै घरमा खानेपानका धाराको व्यवस्था गर्न कार्यक्रमका लागि सहयोग गर्ने नेपाल सरकार, हिमा गाउँपालिका र दातृ निकाय प्रति आभार ब्यक्त गरेका छन ।