बर्थिङ सेन्टरमा सुत्केरी हुन आउनेलाई सिजागाउँपालिकाले दियो पाँच हजार भत्ता

जुम्ला :  जुम्लाको सिजा गाउँपालिकाले सुत्केरी महिलालाई पाँचहजार भत्ता दिएको छ ।बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई सिजागाउँपालिकाको स्वास्थ्य शाखाले उनीहरुलाई पाँच हजार सुत्केरी भत्ता दिएको हो । सिजागाउँपालिकाले घरमा हुने सुत्केरी दर‘शून्यमा झार्नका लागी यस्तो सरकारले दिर्दै आएको तिन हजार भत्ता छोडेर पालिकाले पाँचहजार भत्ता दिएको स्वास्थ्य शाखाका प्रमुख ललित बहादुररोकायाले बताए । उनले भने,’बर्थिङ सेन्टर भन्दा टाढा रहेका गाउबाट सुत्केरी हुन स्वास्थ्य सांस्थामा आउनेलाई पाँच हजार प्रोत्साहन भत्ता दिने गरिएको हो ।उनका अनुसार सिजागाउँपालिकाले २६ जना सुत्केरी महिलालाई दिइएको छ । दिलित ,बिपन्न, महिलालाई लक्षित गरी स्वास्थ्य शाखाले यस्तो कार्यक्रम लागु गरेको छ ।


त्यस्तै सिजागाउँ पालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले घरमा हुने सुत्केरी दर शुन्यमा झार्नका लागी यस्तो कार्यक्रम गरिएको बताए ।उनका अनुसार सिजाका केही गाउ’बर्थिङ सेन्टर भन्दा टाढा रहेका छन ।यस अघि उनीहरु घरमै सुत्केरी हुन्छन भन्ने थाहा पाएपछि पालिकाले सुत्केरी हुनका लागी स्वास्थ्य सांस्थामा आउने लाई पाँच हजार प्रोत्साहन भत्ता दिने गरेको हो । उनले भने,’सिजा का सबै वडामा प्रसुती गृह निमार्ण गरिएको छ ।

तर कही गाउवडा भन्दा टाढा रहेकाले त्यहाका सुत्केरी हुन आउँने महिलाका लागी पालिकाले यस्तो कार्यक्रम ल्याएको हो । उनका अनुसार सिजा गाउँपालिकाले सुत्केरी हुन स्वास्थ्य सांस्थामा आउने महिलालाई लाई पाँच हजार प्रोत्साहन दिने कार्यक्रमलाई निरणन्तरता दिने बताए ।


त्यस्तै सिजागाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मित्रलाल धितालले बर्थिङ सेन्टरमा सुत्केरी नभएका कारण मातृ शिशु मृत्युदर बढने बताए। उनका अनुसर सुत्केरीलाई सरकारबाट प्रदान गरिने तिन हजार छोडेर गाउँपालिकाले थप गरेर प्रति सुत्केरीलाई पाँच हजार भत्ता प्रदान गर्ने गरेको हो ।

सम्बन्धित समाचार