सिजाको शैक्षिक अवस्थालाई सुधारन बिद्यालयमा अभिभावक शिक्षा कार्यक्रम


जुम्ला :  जुम्लाको सिंजा गाउँपालिकाले शैक्षिक अवस्थालाई सुधार गर्न अभिभावक शिक्षा कार्यक्रम लागु गरिएको छ । पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अबस्थालाइ सुधार गर्नका लागी पालिकाभित्रका सामुदायिक विद्यालयहरुमा यस्तो कार्यक्रम लागु गरेको हो ।पछिल्लो समयमा खस्कदै गएको सामुदायिक बिद्यालयको अबस्थालाई मध्यजनर गर्दै यस्तो वडास्तरीय समिति समेत गठन गरेको छ । शैक्षिक अबस्थालाई गुणस्तर कायम गर्नका लागि पालिकाको छ वटै वडामा वडाध्यक्षको नेतृत्वमा वडा समिति गठन गरेको गाउँपालिका शिक्षा शाखाका प्रमुख शंकर धितालले बताए । उनका अनुसार वडा समितिले आफ्ना वडाभित्रका शैक्षिक संस्थालाई नियमन, सुपरिवेक्षण तथा विद्यालय व्यवस्थापनका लागि वडापालिकालाई थप जिम्मेवार बनाउन पहल गर्ने छ । उनले भने,’सिजा गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम समेत संचालन गरेको छ ।

त्यस्तै सिंजा गाउँपालिका उपाध्यक्ष सीतली रोकायाले अभिभावक शिक्षा कार्यक्रम विद्यालयले शैक्षिक अवस्था र विद्यार्थीको सिकाइ क्रियाकलापमा टेवा पुग्ने छ । उनले भनिन,’ यस्ता खालका कार्यक्रमले बिद्यालयको निगरानी राख्नेदेखि अभिभावकलाई जिम्मेवार बनाउन पहल गर्ने छ । उनका अनुसार यो कार्यक्रम शिक्षकमात्रै नभइ घरका अभिभावकलाई जिम्मेवारीबनाई विद्यार्थीलाई पढाइको वातावरण तयार पार्न सहयोगी हुने छ ।

त्यस्तै शिक्षा क्षेत्रलाई केही सुधार गर्न यहाँका विद्यालयमा वडा समिति र अभिभावक शिक्षा कार्यक्रमले महत्वपुर्ण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए । उनले भने,’अभिभावक, शिक्षक तथा बिद्याथी बीच अन्तरक्रिया र विद्यालयको आमूल शैक्षिक परिबर्तनका लागि अभिभावक शिक्षा कार्यक्रम संचालनमा ल्याइएको छ । विद्यार्थीको वास्तविक सिकाइको अवस्था पहिचान गर्न शिक्षक, विद्यार्थी, जनप्रतिनिधि र अभिभावकबीच शिक्षा क्षेत्रमा देखापरेका समस्यालाई हल गर्न पालिकाको शिक्षा शाखाले संचालन गरेको सो कार्यक्रम महत्वपूर्ण रहेको छ ।

त्यस्तै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आउनु भन्दा पहिला नै शिक्षा शाखाले विद्यालयको शैक्षिक अवस्था परिवर्तनका लागि बिद्यालयको समस्या, गुनासो र शैक्षिक क्षेत्रलाई विकास गर्न सबै निकायबाट सुझाब संकलन गरेको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।

 

सम्बन्धित समाचार