जुम्ला : कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालले सरसफाई गरेको छ । किर्डाक नेपालले २४ औँ वार्षिकत्सवको अवसरमा बजार सरसफाई गरेको हो । किर्डाक नेपालले आयोजना गरेको बजार सरसफाई कार्यक्रममा शसस्त्र प्रहरी र नेपाल प्रहरीको उस्थित रहेको थियो । बिच बजार हुँदै नेपाली सेनाको खेलमैदानको तल्लो गेटहुँदै हुलाक कार्यालय भएर बसपार्क देखि जिल्ला प्रशासन कार्यालयसम्म बजार सरसफाई गरिएको किर्डाक नेपालको बोर्ड सदस्य भिमबहादुर सार्कीले बताए । उनका अनुसार दिवस मात्रै मनाउनु भन्दा फोहोर उठायर बजार सरसफाई कार्यक्रम गरिएको छ । उनले भने,’ बजारमा सरसफाई अभियान नियमित हुन जरुरी छ ।
त्यस्तै किर्डाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले किर्डाक नेपालले मानव अधिकार, खानेपानी, स्वास्थ्य तथा सरसफाई, गुणस्तरीय शिक्षा, विपद्, खाद्य तथा सम्प्रभुता, सूचनाको अधिकार, कर्णाली राजमार्ग बनाउनमा पहल, सुशासन र जवाफदेहिता र भूकम्प प्रभावित जिल्लाहरुमा पुननिर्माणका कामहरु गरेको कार्यक्रम गर्दै आएको छ । उनका अनुसार आउँदा दिनमा अब किर्डाक नेपालले विश्वले अंगिकार गरेको दिगो विकासको लक्ष्यलाई सहयोग गर्नको लागि हिमाली क्षेत्रका आम नागरिकको अधिकारलाई सुनिश्चित र जलवायु परिवर्तनले पारेको असरलाई कम गर्नको काम गर्ने बताए ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले वार्षिकोत्सव बोल्दै किर्डाक नेपालले हालसम्म गरेको काम र गतिविधि उपलब्धी मुलक रेहेको बताए । उनले भने, ’ गैरसरकारी सांस्था राज्यका साझेदारी निकायका रुपमा रहेको बताए । उनले यहका नागरिकलाई आर्थिक र सामाजिक रुपमा शसक्त बनाउनका लागी थप कार्य गर्न आबश्यक गरेको हो । उनले भने,’सरकारले निर्माण गरेका नीति, नियममा सघाउनको लागि किर्डाक नेपालले काम गरि रहेको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले कर्णालीको दिगो विकासको लागी किर्डाक नेपालले महत्वपुण भुमिका खेलेको छ । उनले भने, शिक्षा स्वाथ्य र रोजगारी जस्ता कार्यलाई प्रथामिकता दिएको छ । उनका अनुसार विकास निर्माणका कर्णालीको आर्थिक, सामाजिक र सशक्तिकरणमा किर्डाकले गरेको कामको सिको अन्य क्षेत्रले पनि गर्न आवश्यक रहेको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले जुम्लाको समृद्धिका लागि हरेक किडार्क नेपालले गरेका सकरात्मक कामको प्रंसंशा गनु पर्ने बताए । उनले भने, जुम्लामा आएका धेरै गैर सरकारी संस्था भएपनि किर्डाकले नमुना काम गरेको बताए । उनले भने, केही गलत ब्यक्तिका कारण किडार्कलाई कहिलेकााही आरोप लाग्ने गरेका छन । यस बिषयमा पनि सचिन जरुरी छ ।
त्यस्तै किर्डाक नेपालको २४ औँ वार्षिकत्सव कर्याक्रमका सहभागीहरुले सामाजिक रुपमान्तरणका क्षेत्रमा किर्डाक नेपालले खेलेको भूमिका महत्वपुण रहेको बताएका छन ।